ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड नेकपा नगर कार्यालय बैठक सम्पन्न

  इन्द्र बुढाथोकी २०७७ जेठ १३ गते मंगलबार २१:५५:१९ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्लीबजार १३ जेष्ठ 
सल्यान बनगाड कुपिण्डे नगरपालिका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर पार्टी कार्यालयको बैठकमा सम्पन्न भएको छ । 


बैठकले कोरोना भाइरसबाट बनगाड कुपिण्डे नगरपालिकाका नागरिकलाई कसरी सुरक्षीत राख्न सकिन्छ भने विषयमा आज छलफल भएको छ । छलफलमा रोजगारीका लागि भारत गएका आफ्ना नागरिकलाई सुरक्षीत क्वारेन्टाइन व्यवस्थापन गर्नको लागि स्थानीय सरकारलाई सहयोग गर्न पार्टी कार्यकर्ताले क्वारेन्टाइनमा सहयोग गर्न सबैमा आग्रह गरिएको नेकपा नगर पार्टी अध्यक्ष किर्ती बहादुर रानाले बताए  । 


कोरोना सम्बन्धि जनचेतना फैलाउन नगर सरकारलाई सहयोग गर्ने र सबै एकमन एकता दृढ भएर लाग्न सबैमा नेकपा नगर कमिटि अध्यक्ष रानाले अनुरोध गरे  ।  जुन ठाउमा क्वारेन्टाइन बन्छ त्यसठाउँमा गएर क्वारेन्टाइनलाई आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने नेकपा नगर सचीव गन्जमान बुढाले निर्देशन दिए । 


 नेकपा नगर कमिटी अध्यक्ष किर्ती बहादुर रानाको अध्यक्षतामा बसेको बैठमा नेकपा सल्यान जिल्ला पार्टी अध्यक्ष तथा नगर प्रमुख गोविन्द कुमार पुन, जिल्ला सचीव कर्ण बहादुर बुढाथोकी, नगरका सबै जिल्ला सदस्य, नगर उप प्रमुख मन्जु यरि, वडा अध्यक्ष, लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top