ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली काँग्रेस दार्मा गाउँ कार्य समितिद्धारा गाउँपालिकालाई ११ बुँदे ध्यानाकर्षण पत्र

  प्रकाश शर्मा २०७७ बैशाख १४ गते आइतबार १७:०२:०४ मा प्रकाशित

प्रकाश शर्मा वैशाख १४, सल्यान 
नेपाली काँग्रेस दार्मा गाउँकार्य  समितिले दार्मा गाउँपालिकालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । 
कोभिड १९ विश्व नै आतंकति बनाई रहेको अवस्थामा दार्मा गाउँपालिको गरेको भूमिका समर्थन जनाउँदै अझै आउन सक्ने सम्भावित जोखिमबाट बच्न र बचाउन ध्यानाकर्षण पत्र बुझाएको हो । 


ध्यानाकर्षण पत्रमा राहत वितरणका लागि ६ वटै वडाबाट सिफारिस भएका नागरिकहरुलाई यथाशक्य छिटो राहत वितरण गर्नु पर्ने , साना किसान सहकारी संस्थाले वितरण गरि रहेको खाद्यन्न गुणस्तरिय नभएको गुनासो आएकाले गुणस्तर परीक्षण नगर्दासम्म वितरण रोक्न आग्रह गरिएको छ । 


यस्तै विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नागरिकहरुको उद्दार गर्नु पर्ने, विकास निमार्णलाई कामलाई निश्चित मापदण्ड कायम गरी यथाशिघ्र सञ्चालन गर्नु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top