होमपेज / राजनीति
इन्द्र बुढाथोकी , सल्यान २९ चैत्र ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बनगाड कुपिण्डे नगरपालिकालार्य कोरोना भाइरस सम्बन्धि सामाग्री हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै राज्यमन्त्री रावतले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य राज्य मन्त्री रावतले पीपिइ ४ सेट, सर्जिकल मास्क २५० थान, सेनिटाइजर ५ वटा र २ सय एमएलका १ वटा सामग्री हस्तान्तरण गरेका छन् ।
सामाग्री हस्तान्तरण गर्दै राज्य मन्त्री रावतले अब छिटै एम ९० मास्क र गण उपलब्ध गराउने बताए ।
नगर प्रमुख गोविन्द कुमार पुनले आफ्नो नगरपालिकामा स्वास्थ्य सामग्री व्यवस्था गरिदिन अनुरोध गरे । नगर प्रमुख पुनले अब छिटै ४० शौयाको क्वारेन्टाइन बनाइनेसाथै राज्य मन्त्री रावतले नगरपालिकाले बनाएको २० शश्याको क्वारेन्टाइनपनि अनुगमन गरेका छन् ।
साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले पनि क्वारेन्टाइनमा आवश्यक पर्ने कम्मल २५ थान, बाल्टिन ४ थान, त्रिपाल २ थान, मग ४ थान र साबुन १० वटा प्रदान गरेको छ । कर्णाली प्रदेश सदस्य गणेश विसिले नगरपालिकालाई हस्तान्तरण गरेका हुन ।





.jpg)