होमपेज / राजनीति
प्रकाश शर्मा जेठ २८,सल्यान
सल्यानको दार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष निम बहादुर के सी ले गाउँ सभाको १७ औँ अधिवेशनमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । संविधानको मर्मअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समावेशिता र सुशासनलाई आधार मान्दै विकासका सबै क्षेत्र समेट्ने गरी नीति निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष के सी ले भन्नुभयो ‘शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार र सुशासनमार्फत दार्मा गाउँपालिकालाई समृद्धिको मार्गमा लैजाने हाम्रो स्पष्ट दृष्टिकोण छ, हामी सबैको सहभागिताबाट यो लक्ष्य हासिल गर्न प्रतिबद्ध छौँ ।’ प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पशुपालन, उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार विकास, रोजगारी सिर्जना, लैङ्गिक समावेशीकरण र सुशासनलाई प्राथमिक क्षेत्रको रुपमा समेटिएको छ ।
गाउँपालिकाले स्थानीय स्तरमै आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गर्दै पालकामा राजस्व पोर्टल लागुगरि शून्य बेरुजु पालिका बनाउन सामाजिक रूपान्तरण तथा दिगो विकासलाई लक्ष्य बनाएको जनाएको छ ।
गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिक बनाउँदै उन्नत जातका बीउ बिजन तथा फलफूलका बिरुवा वितरण गरी
व्यवसायीकरण र यान्त्रीकरणमा विशेष जोड दिएको छ । दूध मा अनुदान , मासुमा अनुदान को कार्यक्रम लाई निरन्तरता रासायनिक मल निरुत्साहित र कम्पोस्ट मल उत्पादन मा जोड दिनेछ ।उत्पादन क्षेत्र काआधारमा नगदे वालि फलफूल तथा तेलहन बाली प्रवर्द्धन गरिनेछ । पोषणमैत्री पालिका वनाउनकोलागि एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिनेछ भने कृषकलाई परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ ।
पशुपालनलाई पनि कृषि सरह प्राथमिकतामा राख्दै उन्नत नस्ल प्रवर्द्धन, नियमित खोप अभियान, व्यावसायिक वाख्रापालन तथा पशु बिमा प्रणालीलाई बलियो बनाउनुका सागै पशु पालकलाई पोषण सुधार सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गरिएको छ । यस्तै स्वास्थ्य क्षेत्रमा नसर्ने रोगको पहिचान, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, योग शिविर सञ्चालन, पोषण सुधार कार्यक्रम र आयुर्वेद सेवा तथा स्वास्थ्य बिमा कार्यक्रम विस्तारजस्ता कार्यक्रम अगाडि सारिएको छ ।
सुत्केरी सेवा पहुँचयोग्य र गुणस्तरीय बनाउन स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिने जनाइएको छ ।दार्मागाउपालिका सरसफाइ उन्मुख टोलघोषना कार्यक्रमलाई तीव्रता दिइनेछ शिक्षालाई सबैको पहुँचमा पु¥याउने उद्देश्यसाथ शिक्षा सुधार कोष स्थापना, स्मार्ट विद्यालय कार्यक्रम , उत्कृष्ट विद्यालय ,उत्कृष्ट शिक्षक सम्मान , अपाङ्गमैत्री शौचालय निर्माण, खेल मैदानको विस्तार, शिक्षक क्षमता अभिवृद्धि तालिम लगायत कार्यक्रम अघि सारिएका छन् । सामाजिक सुरक्षाको क्षेत्रमा महिला, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित, दलित, ज्येष्ठ नागरिक र अति विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति, सीपमूलक तालिम, सुरक्षित आवास गृह र प्रेरणा कार्यक्रम सञ्चालन गरिनेछ ।
‘स्थानिय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै गाउँपालिकाले साना तथा घरेलु उद्योगमा लगानी बढाउने नीति तथा कार्यक्रममा समावेश गरिने छ, सामुदायिक वन उपभोक्ता समूहहरूसँग साझेदारीमा काष्ठ उद्योगको प्रवर्द्धन गरिने गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानिय धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको पहिचान गरी आवश्यक पूर्वाधार निर्माणमा सङ्घ र प्रदेश सरकारसँग साझेदारी गर्ने र यसबाट स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका छौँ’ नीति तथा कार्यक्रममा भनिएको छ ।
सडक, पुल, सिचाइ, खानेपानी, विद्युत्, इन्टरनेट, बजार व्यवस्थापन लगायत पूर्वाधारमा लगानी बढाइने जनाइएको छ । सबै घरमा विद्युत् र सबै खेतमा सिचाइ पु¥याउने गरी ‘हरित दार्मा बनाउने दिगो लक्ष्य लिइएको छ ।
वातावरण संरक्षणका लागि फोहोरको वर्गीकृत व्यवस्थापन, जलाधार संरक्षण, वृक्षारोपण, हरित मार्ग निर्माण र विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसका साथै सुशासन प्रवर्द्धनका लागि सार्वजनिक सेवामा अनुगमन र मूल्याङ्कन प्रणाली सुदृढ बनाइने तथा गुनासो व्यवस्थापन प्रणाली, हटलाइन सेवा र नागरिक सन्तुष्टि सूचकाङ्क विकास गरिने जनाइएको छ ।
दलित, महिला, अपाङ्ग, द्वन्द्व प्रभावित, अति विपन्न समुदायलाई समावेशी विकासको मूलधारमा ल्याउने उद्देश्यले लक्षित बजेटको व्यवस्था, प्रेरणा कार्यक्रम, आरक्षण प्रणाली र सुरक्षित आवास कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।कार्यक्रममा दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले आर्थिक विधेयक २०८२ चन्द्र बहादुर रावत ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कार्यविधि२०८२ गाउँपालिकाको लेखा समिति गठन सञ्चालन कार्यविधि २०८२ लेखा परीक्षण बेरुजु फर्चुट कार्यविधि २०८२ प्रस्ताव गर्नु भयो ।





.jpg)