होमपेज / राजनीति
सञ्जिव शर्मा चैत २४, सल्यान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुमाख गाउँ कमिटीले सम्पुर्ण गाउपालिका कमिटी सदस्यहरुलाइ विश्वमा फैलिएको कोरोना भाइरस महामारी विरुद्ध जुटन अपिल गरेको छ ।
गाउँ कमिटि अध्यक्ष चन्द्र बहादुर राना र सचिव भैरव बहादुर शाहद्धारा जारी अपिलमा गाउँ टोलमा पुगी सचेतनामुलक कार्यक्रम गर्न आग्रह गरेका छन । गाउँपालिकाले निमार्ण गरेको क्वारेनटाइनमा बसी महामारीको रुप लिएको कोरोना भाइरसका विरुद्ध लड्न सहयोग गर्न आग्रह गरिएको छ ।
ज्यानमारा भाइरसबाट हाम्रो देश उच्च जोखिममा रहेको हामी सबैले आकलन गर्दागर्दै हाम्रै देशमा केही मान्छेहरुमा संक्रमण भैसकेको अवस्थामा विदेश तथा भारतबाट आएका दाजु भाई दिदि बहिनीहरुलाई क्वारेनटाइनमा बसी सहयोग गरिदि अपिल गरिएको छ ।
आफ्नो नागरिकको जिउ ज्यानको सुरक्षाका लागि हाम्रो गाउँ पालिकाले आधारभुत कदम चालेको छ । उक्त कदमलाई प्रभावकारी कार्यान्वयन गर्नु गराउनु हाम्रो पनि जिम्मेवारी हो । अब वडा वडामा वडा अध्यक्षहरुको सयोजकत्वमा वडा सदस्यहरु सहितको बिपद व्यवस्थापन समिति बनेको छ ।
गाउँ कमिटी सदस्यहरुले आ आफ्नो वडामा सोही समितिको सदस्य भै आ आफ्नो गाउँ टोलहरुमा आफू परिवार र समाजको ज्यान बचाउने काममा आ आफ्नो ठाएँबाट खटनपटन गर्ने र पार्टी सदस्यहरुलाइ खटाइ सक्रिय भुमिका खेल्न अपिलमा उल्लेख गरिएको छ ।





.jpg)