होमपेज / राजनीति
इन्द्र बुढाथोकी फागुन १०,सल्यान
नेपाल राष्ट्रिय शिक्षक संगठन बनगाड कुपिण्डे नगरपालिकाको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले रामकुमार वस्नेतको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ।
निर्वाचित कार्यसमितिमा रामकुमार वस्नेत अध्यक्ष, छविलाल पुन उपाध्यक्ष, रजनी पुन महिला उपाध्यक्ष, देवेन्द्र कुमाइ सचिव, जिवराज राना सहसचिव, अकवर पुन कोषाध्यक्ष, डम्बरकला बोहरा सहकोषाध्यक्ष रहेका छन्।
तेस्रो नगर अधिवेशनको अवसरमा नेकपा एमाले पार्टी केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुन, नगर इन्चार्ज आशा वली, नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश महासचिव अकवर बहादुर पुन, जिल्ला उपाध्यक्ष भोला पुन, शिक्षक महासंघ नगर अध्यक्ष जोतिलाल बुढालगायतले शुभकामना मन्तव्य दिएका थिए।
नव निर्वाचित अध्यक्ष रामकुमार बस्नेतले विश्वास गरेर नेतृत्व प्रदान गर्ने सबैलाई धन्यवाद दिनुका साथै
बिगतका शिक्षक आन्दोलन क्रान्तिमा शहिदहरू प्रति उच्च सम्मान सहित स्मरण गर्न चाहान्छु । शैक्षिक मुद्दामा शिक्षकको हकहितको बिषयमा प्रतिवद्धता भएर निरन्तर लाग्ने समेत बताउनु भएको छ ।





.jpg)