होमपेज / राजनीति
फागुन १०,सल्यान
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको अधिवेशन तोकिएकै समयमा हुने वताउनुभएको छ । शनिबार सल्यानमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउनेक्रममा सल्यान सल्लीबजारमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाले कांग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महामन्त्री थापाले नेपाली कांग्रेस देशकै ठूलो दल भएको र संंसदमा समेत प्रमुख भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘हामीले नै बनाएको संविधान, हामीले ल्याएको व्यवस्था हो। अहिलेको शान्तिपूर्ण अवस्थामा हामीले काम गर्न सकेनौं भने अरूलाई दोष दिन मिल्दैन ।’
सबै दलसँग सहकार्य गरेर अघि बढ्ने कांग्रेसको योजनामा रहेको बताउँदै थापाले कांग्रेस सबै दलहरूसँग मित्रता कायम गर्दै पार्टी विरुद्ध फैलिएका भ्रम चिर्न केन्द्रित हुने वताउनुभयो । उहाँले भन्नुभयो ‘हामी सरकारमा छौं, सरकारलाई सफल बनाउन गठबन्धन दलहरूसँग सहकार्य गर्छाै । सरकारबाहिर रहेका दलहरूसँग पनि संवाद राख्छौं ।’
महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा देशलाई तीव्र विकासको दिशामा लैजाने योजना रहेको वताउनुभयो । हामी बेरोजगारी घटाउन चाहन्छौं, शिक्षा र स्वास्थ्य सुधार गर्न चाहन्छौं, आम नागरिकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित अघि बढिरहेका छौं उहाँले भन्नु भयो ।
देशभर रोकिएको विकासलाई पुनः गतिमा लैजानुपर्ने र त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर आवश्यक स्रोत जुटाउनेतर्फ लागिपर्ने थापाको भनाई छ । अहिले काँग्रेसले कसैलाई दोष दिने ठाउँ छैन आफैले गर्नु पर्ने समेत बताउनु भएको छ ।





.jpg)