ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाका तीन नेताद्धारा सल्यानका १० वटै स्थानीय तहमा खाद्यान्न हस्तान्तरण

  इन्द्र बुढाथोकी २०७६ चैत्र २३ गते आइतबार १२:०१:१७ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान २३ चैत्र । 
   नेकपाका तीन नेताले  जिल्लाका दश वटै स्थानीयलाई खाद्यन्न हस्तान्तरण गरेका छन् ।  

कर्णाली प्रदेश कका  साँसद तथा नेकपा केन्द्रिय सदस्य  गुलाब जंग शाह, नेकपा जिल्ला कमिटी सदस्य  प्रमोद श्रेष्ठ र मनोज कुमार प्रधानले सल्यानका १० वटै स्थानीय तहलाई  खाद्यन्न प्रदान गरेका हुन । दश वटै तहका लागि  २ सय बोरी (५० क्विन्टल) चामल, २ सय प्याकेट नुन र २ सय लिटर तेल राहत स्वरुप नगर तथा गाउपालिकामा हस्तान्तरण गरिएको छ ।

तत्कालीन अवस्थामा दिएको र आवश्यक परेमा अझै राहत दिने र सबैलाई स्थानीय तहहरुलाइ सम्मान तरिकाले खाद्यान्न सामाग्री वितरण गरिने र अहिले मिलहरुले सोचेअनुसार सामाग्री दिन नसकेको प्रमोद श्रेष्ठले बताए । 
खाद्यान्न सामाग्री हस्तान्तरण गर्न आज बनगाड कुपिण्डे नगरपालिकामा जिल्ला सदस्य मनोज सिह, र माननीय गुलाव जंग शाहका स्वकीय रामबहादुर केसिले नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मन्जु यरिलाई हस्तान्तरण गरेका छन । ( बनगाड कुपिण्डे नगरपालिकामा २० बोरि (५ विक्न्टल) चामल, २० लिटर तेल, र १५ प्याकेज नुन दिएको छ ।

 उक्त राहत नगरपालिका र वडा बाट विपत व्यवस्थापन समितिको निर्णय गरेर आएका असाहय, अपाङ्ग, र दैनिक मजदुरी गरेर खाने वर्गहरुलाइ एक द्धार प्रणाली बाट दिइने नगर प्रमुख पुनले बताएका छन । 
राहत सामाग्री बुझ्दै नगर प्रमुख गोविन्द कुमार पुनले विभिन्न संघ सस्था र व्यक्तिले दिएको राहत सामाग्री नगरपालिका जम्मा गरि नगरको विपत व्यवस्थापन समितिको कार्याविधी अनुसार निर्णय गरि थप नगरले राहत एक द्धावर प्रणालीबाट वितरण गरिने प्रमुख पुनले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top