होमपेज / राजनीति
कात्तिक ६, सल्यान
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको बताउनु भएको । वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम डुब्दा समेत सुशासनको सुगा रटाई रटि रहेको आरोप लगाउनु भयो ।
राप्रपाको कर्णाली यात्रा अभियानको पहिलो दिन मंगलबार सल्यानको सल्लीबजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले वर्तमान सरकारबाट कुनै परिवर्तनको आशा गर्न नसकिने बताउनु भयो ।
अहिले सरकार अन्य राजनीतिक दलहरुको अन्त्य गरी एमाले काँग्रेस मात्र भएको राजनीतिक व्यवस्था निर्माणमा लागेको बताउनु भयो । अन्य राजनीतिक दलहरुले प्रतिरोध, विरोध गर्दा त यस्तो अवस्था छ भने काँग्रेस एमालेको दल मात्र भए देश कस्तो होला प्रति प्रश्न गर्नु भयो । राज्य शक्तिको चरम दुरुपयोग गर्दै भ्रष्टाचारलाई प्रशय दिने काम गरि रहेको बताउनु भयो ।
अर्को प्रशंगमा लिङदेनले देश धर्मनिरपेक्ष राज्य हुनुमा बाहुन क्षेत्री मुख्य दोषी भएको बताउनु भएको छ । देशलाई धर्मनिरपेक्ष बनाउने काँग्रेस, एमाले, माओवादीलाई बाहुन क्षेत्रीले भोट नहालेको भए आज देश धर्मनिरपेक्ष देश हुने थिएन उहाँले भन्नु भयो । त्यसैले मुख्य राजनीतिक दल जति दोषी छन् त्यति नै ती राजनीतिक दललाई भोट हाल्ने मतदाता पनि उत्तिकै दोषी छन् उहाँले भन्नु भयो । जस बाहुन क्षेत्रीले काँग्रेस, एमाले, माओवादीलाई भोट हाले तिनका पितृले पिण्ड पाएका छ्र्रैनन् , उहाँले भन्नु भयो ।
यस्तै रविन्द्र मिश्रले विधिको शासन र कानुनी राज्यलाई अवलम्बन गछौं भन्दै हुरीका रुपमा आएको पार्टीको सभापति सहकारी काण्डमा मुछिँदा शो पार्टीका पढेलेखा साथीहरुले छोएर त हेर भनी रहेका छन् । के यहि हो तपाईहरुले ल्याउन चाहेको सुशासन प्रति प्रश्न गर्नु भयो । अरुबेला कानुनले बाटो लियोस भन्ने आफ्नो पार्टीको मान्छे परेको बेला छोएर देखाउन भन्ने यो युक्ति संगत नभएको बताउनु भयो । नयाँ भनिने पार्टीले राप्रपाबाट सिक्नु पर्ने बताउनु भयो ।