होमपेज / राजनीति
इन्द्र बुढाथोकी २२, चैत सल्यान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनगाड कुपिण्डे नगर कमिटीले सम्पुर्ण नगर कमिटी सदस्यहरुलाइ विश्वमा फैलिएको कोरोना भाइरस महामारी विरुद्ध जुटन सर्कुलर गरेको छ । नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना र सचिव गञ्जमान वुढाले शनिवार पुन दोस्रो सर्कलुर जारी गरी गाउँ टोलमा पुगी सचेतनामुलक कार्यक्रम गर्न आग्रह गरेका छन । प्रत्येक वडाका नगर कमिटी सदस्य अगुवा नेतागनहरुलार्इ कोरोना भाइरस विरुद्ध जनचेतना फैलाउन अपिल तथा सर्कुलर जारि गरिएको छ । सर्कुलरमा भनिएको छ कोरोना भाइरसका कारण संसारभर ६० हजार भन्दा बढिको ज्यान गइसकेको र ११ लाख भन्दा बढी मानिस उक्त भाइरस बाट सङ्क्रमित भैसकेको छन । यो ज्यानमारा भाइरसबाट हाम्रो देश उच्च जोखिममा रहेको हामी सबैले आकलन गर्दागर्दै हाम्रै देशमा केही मान्छेहरुमा संक्रमण भैसकेको अवस्थामा सो भाइरसबाट हामी कसरी बच्ने र अरुलाइ कसरी बचाउने भन्ने सवाल मुख्य हुन आएको छ ।
आफ्नो नागरिकको जिउ ज्यानको सुरक्षाका लागि हाम्रो नगर सरकारले आधारभुत कदम चालेको छ । उक्त कदमलाई प्रभावकारी कार्यान्वयन गर्नु गराउनु हाम्रो पनि जिम्मेवारी हो । अब वडा वडामा वडा अध्यक्षहरुको सयोजकत्वमा वडा सदस्यहरु सहितको बिपद व्यवस्थापन समिति बनेको छ । नगर कमिटी सदस्यहरुले आ आफ्नो वडामा सोही समितिको सदस्य भै आ आफ्नो गाउँ टोलहरुमा आफू परिवार र समाजको ज्यान बचाउने काममा आ आफ्नो ठाएँबाट खटनपटन गर्ने र पार्टी सदस्यहरुलाइ खटाइ सक्रिय भुमिका खेल्न सर्कुलरमा उल्लेख गरिएको छ ।





.jpg)