होमपेज / राजनीति
प्रकाश शर्मा असोज १८,सल्यान
कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पूर्व मन्त्री भीम प्रकाश शर्माले शिक्षालाई उत्पादनसँग जोड्नु पर्ने बताउनु भएको छ ।नेपालमा अहिलेको शिक्षाले परनिर्भर रहेको शक्ति उत्पादन गरिरहेको , उत्पादक शक्ति विदेशमा बिक्री भइरहेको बताउनु भयो ।
शुक्रवार दार्मा गाउँपालिका ३ बुढाकाफलमा मा रहेको फारुला बहुमुखी क्याम्पस दार्माको वार्षिक साधारण सभामा शुभकामना राख्दै शर्माले हाम्रा क्याम्पसमा दिइने शिक्षा उत्पादनमुखी हुनु पर्ने बत्ताउनु भयो । उत्पादनको लागि शिक्षा र शिक्षाका लागि उत्पादन हुनुपर्ने र हाम्रा क्याम्पस हरूमा कृषि उत्पादनसँग जोडेर लिए मात्र सार्थक हुने उहाँको दाबी छ ।
सल्यान जिल्ला क्षेत्र क वाट निर्वाचित संसद् भीम प्रकाश शर्माले आफू प्रतिनिधि रहे पनि नरहे पनि विकास निर्माणमा सधैँ लागि रहेको र सबैको सहकार्य वाट विकास निर्माण सम्भव हुने बताउनु भयो ।
यस्तै नेकपाका पोलिटब्युरो सदस्य मोहलाल चन्द आधार ले ग्रामीण क्षेत्रमा खोलिएका क्याम्पसहरु जनताको ठुलो त्यागबाट मात्र सम्भव भएको बत्ताउँदै शिक्षालाई प्रविधिसँग जोड्नु पर्ने बत्ताउनु भयो ।सभामा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर के सी ,रामचन्द्र केसी लगायतले मन्तव्य राख्नु भएको थियो ।
दार्मा क्याम्पस सभाका अध्यक्ष अनन्तप्रसाद शर्माको अध्यक्षतामा सञ्चालन भएको सभाले नियमित क्याम्पस उपस्थिति हुने विद्यार्थीहरूलाई सम्मान सहित पुरस्कृत समेत गरेको छ । सभाको सहज करण प्रमुख नरबहादुर नेपालीले गर्नु भएको थियो ।