होमपेज / राजनीति
प्रकाश शर्मा चैत ३,सल्यान
कर्णाली प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णाली प्रदेश सरकार जनताप्रति उत्तरदायी रहेको बातउनु भएको छ ।
शनिबार सल्यान दार्मा गाउँपालिकामा मौलाहल्ने फारुला दार्माकोट सडक अन्तर्गत दार्माखोला फारुला बजार सडक पुलको शिलान्यास गर्दै मन्त्री शर्मा मुलुकको शासन प्रणालीलाई बलियो बनाउँदै विकासको गतिमा अगाडि बढाउन सबैले भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्थामार्फत् मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं ।
पुर्वाधार विकास कार्यालय सल्यानको आयोजना र दार्मा गाउँपालिकाको सहयोगमा दार्माखोला फारुला बजार सडक पुलको शिलान्यास गरिएको हो ।
४ करोड ९५ लाख मा टेन्डर प्रकृया भइ आ व २०८१र०८२ सम्पन्न गरिसक्ने गरी सम्झौता गरिएको छ ।
पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरिवहादुर ओलिले निर्माणाधिन सडक पुलनिर्माण कार्य लागत स्टमेट लगातको बारेमा प्रस्ट पार्नु भएको थियो दार्मा गाउपालिका प्रमुख पैशासकीय अधिकृत रेशम ओलिले सहजीकरण गरेको कार्यक्रम को अध्यक्षता निम बहादुर के लेसीले गर्नु भएको थियो ।





.jpg)