होमपेज / राजनीति
इन्द्र बुढाथोकी माघ ३,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । आफ्नै प्रशासनिक भवन नहुँदा साविक देवस्थल गाविस भवनबाट सेवा प्रवाह हुँदै आइरहेको थियो ।
बुधबार एक कार्यक्रमका बिच नवनिर्मित प्रशासकिय भवनको उद्धघाटन नगर प्रमुख बुढाथोकीले गर्नु भएको छ । उद्घाट्न गरे सँगै नयाँ भवनबाट सेवा सुचारु भएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनपछि साविकको देवस्थल गाविसको भवनलाई मर्मत गर्दै प्रशासकीय काम र शाखाहरु भाडामासंचालन हुदै आएका थिए । नयाँ भवनको लागि २०७७ असार २२ गते तत्कालिन नगर प्रमुख गोविन्द कुमार पुन र उपप्रमुख मन्जु यरिले शिलान्यास गर्नुभएको थियो । भवन २ वर्ष ढिला गरि काम सम्पन्न भएको छ ।
नगरपालिकाको आफ्नै स्रोत बाट ७ करोड २२ लाख लागत स्टमेट अनुसार भवन एसोसियट जय भवानी जेभीले ५ करोड २९ लाख ६८ हजार ८ सय ४७ रुपैयाँमा ठेक्का सम्झौता गरि काम सुरु गरेको थियो । १ वर्ष ६ महिना भित्र काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको भए पनि दुई वर्षको कोरोनाको लकडाउनले गर्दा भवन निर्माणमा ढिलाई भएको थियो ।
नवनिर्मित प्रशासकीय भवन साढे तीन तलाको रहेको छ भने २८ वटा कोठा सहित बैठक हल रहेको इन्जिनियर महेश देवकोटाले जानकारी दिनुभएको छ ।
लामो समयसम्म साँघुरो ठाउँबाट सेवा दिदै आएको नगरपालिकाले अव नयाँ प्रशासकिय भवनबाट दिदा सेवाग्राहीलाई सहज हुने नगरप्रमुख कर्ण बहादुर बुढाथोकील बताउनु भयो । उहाँले नगरपालिकाको भवन मात्र नभएर नगरभित्र रहेका सबै वडा कार्यालयहरु र विभिन्न भवन निर्माण गर्नमा जोड दिएको बताउनु भयो । वडा वडामाबाट सामाजिक सुरक्षा भत्ता वितरण देखि नगरका गौरवका योजनाहरु समेत संचालनमा ल्याएको उहाँको भनाई छ । नगरप्रमुख बुढाथोकीले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन जस्ता कार्यक्रमलाई प्राथामिकता दिएर काम गरिरहेका बताउ बताउनु भयो ।
कार्यक्रममा नगर उप प्रमुख पुरुषोत्तम आचार्य, निर्वतमान प्रमुख गोविन्द पुन, निवर्तमान उप प्रमुख मन्जु यरि, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती वडा अध्यक्ष, राजनीतिक दलक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले टुक्रे योजना भन्दा दीर्घकालीन योजनालाई अगाडि बढाउन आग्रह गरेका थिए ।
उद्धघाटन कार्यक्रममा वनगाड कुपिण्डे नगरपालिकाको प्रशासकीय भवन तथा संरचना निर्माणको लागि जग्गा दान गर्ने जग्गा दाताहरु कोकिला कुमारी बिष्ट, रुमलाल नकाल क्षेत्री, भोनसी नगाल, जग बहादुर नगाल, खिम बहादुर नगाल मनविर पुन, बोध बहादुर बिष्ट लाई सम्मान गरिएको छ ।





.jpg)