होमपेज / राजनीति
प्रकाश शर्मा चैत ६,सल्यान
अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) दार्माको गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ ।
भेलाले कुश्मा चन्दको नेतृत्वमा ३ पछि थप्नेगरि ४५ सदस्सीय गाउँ समिति गठन गरेको छ । जसको उपाध्यक्ष प्रतिमा मल्ल चन्द ,पुस्पा सुनार भुमिसरा केसि रहनु भएको छ । यस्तै सचिब चन्द्र कला केसी, सहसचिव रुपा मल्ल चन्द र कोषाध्यक्ष रुपा वली केसी रहनु भएको छ ।
भेलामा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य टिका शर्मा वलीले सबै क्षेत्रबाट महिला सशक्तिकरणलाई अघि नबढाए राजनीतिक क्षेत्रमा अहिले महिलाले हासिल गरेको उपलब्धिसमेत गुम्नसक्ने विचार व्यक्त गर्नु भयो । सैद्धान्तिक एवम् व्यवहारिक ज्ञानसहित राजनीतिक परिवर्तनमा महिलाको भूमिका अहम् हुने बताउनु भयो ।
नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताउनु भयो ।उहाँले महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनु भयो ।
यस्तै दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्लले मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहदै आएको बताउँदै उहाँले महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानूनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताउनु भयो । पछिला दिनमा विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भइरहेका बताउँदै उहाँले विभिन्न कुरीतिहरुलाई हटाएर सम्मानपूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न सबै लाग्नु पर्नेमा जोड दिनु भयो





.jpg)