होमपेज / राजनीति
चैत ४,सल्यान
प्रेस सेन्टर नेपाल दार्मा गाउँपालिकाको भेला तथा साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको भेलाबाट राम प्रशाद शर्मा अध्यक्ष रहेको १३ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्ष भमरा केसी,सचिब बरुण न्यौपाने र कोषाध्यक्ष प्रदिप सुनार रहनु भएको छ ।
भेलामा बोल्दै नेकपा माओवादिका कर्णाली प्रदेश सदस्य टीका शर्मा ओलीले न्याय सत्य ,समाजिक जागरण र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नु पर्ने बताउनुभयो । उहाँले माओवादी आन्दोलनको जगमा भएको राजनैतिक परिबर्तनलाई रोक्न विभिन्न प्रतिगामी शक्ति एक भएर चलखेल गरेको भन्दै पत्रकारहरुले संविधानको रक्षा र कार्यन्वयनमा पैरवी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नू भयो राजनैतिक परिबर्तनलाई संस्थागत गरी आर्थिक ,समाजिक रुपान्तरण गर्न र समाजबादी बाटोमा अघि बढन बहस ,छ्लफल चलाउनु होस।
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्माले स्थानीय तहमार्फत सरकार जनतामा पुगेकोले पत्रकारहरुको संरचना पनि गठन गरेको बताउनु भयो । जनतालाई सेवा दिन बनेका राज्य संरचना जहाँ रहन्छ्न त्यहा पत्रकारिता मार्फत राम्रा नराम्रा विषय उजागर गरेर समुदायलाई सुशुचित गर्न प्रेस सेन्टरलाई गाउँपालिका सम्म बिस्तार गरेको शर्माको भनाई छ। गाउँ घरमा भएका बिकास निर्माण ,जनताका समस्या आदिलाई पत्रकारिता मार्फत बाहिर ल्याउन पनि प्रेस सेन्टर सस्था गाउसम्मै कृयाशिल बनेको छ।
जिल्ला अध्यक्ष प्रकाश शर्माले जिल्लाको समग्र बिकासमा पत्रकारहरुको भुमिका रहेकाले पत्रकारहरुको व्यावसायिक सीप क्षामता बिकास गर्न ध्यान दिनु पर्ने बताउनु भयो।





.jpg)