ट्रेण्डिङ

होमपेज / राजनीति

संविधान दिवसको अवसरमा सल्यान बनगाडका ५ विपन्न परिवारलाई राहत वितरण

  इन्द्र बुढाथोकी २०७९ आश्विन ३ गते सोमबार १३:३७:३६ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज ३,सल्यान 
संविधान दिवसको अवसरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले ५ जना अतिविपन्न परिवारलाई राहत वितरण  गरेको छ । आठौं संविधान दिवसको अवसरमा अति विपन्न, सहारा विहिन ५ जनालाई राहत वितरण गरिएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर भएका साहारा विहिन विमला पुन, जिउने कामी सरिता ताउले देवी बस्नेत, दिविशा विकलाई  २५ किलो चामल, २ किलो दाल, १ पोका नुन, १ लिटर तेलका दरले राहत दिएको  छ ।

यस्तै दिवसको अवसरमा श्रीकृष्ण मन्दिर, प्रभाकर माध्यमिक विद्यालय र सल्लीबजार सरसफाइ गरिएको छ ।  सविधान दिवसको अवसरमा  सन्देश मुलक कार्यक्रम अन्र्तगत सरसफाइ तथा जनचेतनामूलक कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै विगतमा सरसफाइ अभियान गरिएको र अहिले जनचेतनामूलक कार्यक्रम हुँदै थप बजार सरसफाइ अभियानलाई अगाडि बढाउने केही समय बजार क्षेत्रलाई चौडाई गरिने समेत नगर प्रमुख बुढाथोकीले बताउनु भएको छ । सरसफाइ कार्यक्रम नगर प्रमुख बुढाथोकी लगाएत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नेपाली सेना, नेपाल प्रहरी, लगाएतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top