ट्रेण्डिङ

होमपेज / राजनीति

दार्मामा नव निर्वाचित जनप्रतिनिधिलाई नेतृत्व विकास सम्बन्धी तालिम

  प्रकाश शर्मा २०७९ असार १६ गते बिहीबार १७:४९:५१ मा प्रकाशित

असार १६,सल्यान 

दार्मा गाउँपालिका सल्यानका वन निर्वाचित जनप्रतिनिधिहरूलाई नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ।

 तालिममा दार्मा गाउँपालिकाका ६ वटै वडाबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागितामा रहेको थियो ।   विशेष गरी दार्मा गाउँपालिकामा निर्वाचित महिला, जनजाति तथा दलित जनप्रतिनिधिहरूको नेतृत्व विकास सम्बन्धी  तालिम सञ्चालन गरिएको थियो ।

सुशासनमा नागरिक सहभागिता अन्तरगत युरोपेली युनियनको सहयोगमा साथै पाचँवटा पाट्नर  संस्था मार्फत र तेर दे जोमको संयुक्त साझेदारीमा कर्णाली प्रदेशका तीन जिल्लाहरू कालिकोट , जाजरकोट र सल्यानका १२ पालिकाहरू सञ्चालन भइरहेको परियोजना अन्तरगत जन निर्वाचित प्रतिनिधिहरूलाई लक्षित गरी विभिन्न विषयमा तालिम दिइएको थियो । 

प्रतिनिधिहरूलाई नेतृत्व विकास तालिम , समावेशी योजना , लैङ्गिक उत्तरदायी बजेट , साथै लैङ्गिक समानता र सामाजिक समाबेशिकरङको विषयमा तालीम दिइएको थियो ।

पालिकाको संस्थागत विकासको लागि विभिन्न नीति नियम तथा निर्देशिकाहरुको तर्जमाको लागि गतिविधिहरू गर्दै आएको र फलस्वरूप अघिल्लो जनप्रतिनिधिहरूबाट पूर्ण सदस्यमा निर्वाचित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top