ट्रेण्डिङ

होमपेज / राजनीति

निवर्तमान नगर प्रमुखलाई २५९८ को फराकिलो मतान्तरले पछि पार्दै बुढाथोकी

  इन्द्र बुढाथोकी २०७९ जेठ ३ गते मंगलबार ०८:००:०२ मा प्रकाशित

इन्द्र बुढाथोकी जेठ ३,सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा नगर प्रमुखमा सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन । गठबन्धनका साझा  उम्मेदवार माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकीले  २५९८ मतको फराकिलो मन्तान्तरले अघि बढी रहेका छन् । बुढाथोकीले ६८०५ ल्याउँदा  एमालेका गोविन्द कुमार पुन ४२०७ ल्याएका छन् । पुन नवर्तमान नगरप्रमुखका साथै एमाले जिल्ला अध्यक्ष समेत हुन । 

 त्यसैगरी उप प्रमुख गठबन्धन तर्फका नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य ५०९७ लाएर अग्रता लिइरहेका छन् ।  उनलाई स्वतन्त्र दिपेन्द्र बिष्ट ३९३१ मत ल्याएर प्रतिस्पर्धा गरी रहेका  छन । 

वडा अध्यक्षहरुमा वडा न १ नेपाली कांग्रेस थुम बहादुर विसि ,२ न वडामा माओवादी केन्द्र मानबहादुर खत्री, ३ न वडामा माओवादी केन्द्रका धनबहादुर पुनमगर, ४ न वडामा एमाले पुष्कर बुढा, ५ न वडामा माओवादीका पिउमले खत्री, ६ न वडामा समाजवादी गणेश विसि, ८ न वडामा माओवादी कुलबहादुर पुरी, ९ न वडामा रुद्र परियार, १० न वडामा एमाले मोते घर्ती, ११ न वडामा माओवादी केन्द्र बिरबहादुर बुढामगर र १२ न वडामा नेपाली काङ्ग्रेस लालबहादुर घर्तीले बिजय हासिल गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका जम्मा २०९९६ मत मध्य १४२०८ मत खसेको थियो  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top