ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे ५ मा माओवादीका खत्री विजयी

  इन्द्र बुढाथोकी २०७९ जेठ २ गते सोमबार १९:५७:३१ मा प्रकाशित

जेठ २,सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ५मा  नेकपा माओवादी केन्द्रका पिउमले खत्रीको प्यानल  बिजय भएको छ  ।

 खत्रीले ३७८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तेजबहादुर रावतले ३३५  ल्याएका छन् । खत्रीले ४३ मतले रावतलाई पराजित गरेका हुन । यस्तै एमाले तेजबहादुर रावत १३५ र राप्रपा डिल्ली राना १७९ मत ल्याएका छन । 

महिला सदस्य नन्दा राना ३४९ दलित महिला सदस्य सिला कामी ३९० खुल्ला सदस्य टेकबहादुर विक ३४८ र एमालेको हेर्म विक २९८ विजय भएका छन । 

नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन । 
 प्रमुखमा गठबन्धनका साझा  उम्मेदवार माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले ५३२१ एमाले गोविन्द कुमार पुन ३३७१ राप्रपा शिव बहादुर वली १९३ राप्रपा नेपाल बालाराम शर्मा ६  उप प्रमुख गठबन्धन पुरुषोत्तम आचार्य ३९४५ राप्रपा सृष्टि शाह १९६ र स्वतन्त्र दिपेन्द्र बिष्ट ३०४१ मत ल्याएका छन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका ५  न वडामा १२४३ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top