ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यान बनगाड कुपिण्डेमा पुन भन्दा बुढाथोकीको १८५८ मतले अग्रता

  इन्द्र बुढाथोकी २०७९ जेठ २ गते सोमबार १३:४५:४५ मा प्रकाशित

इन्द्र बुढाथोकी जेठ २ सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा नगर प्रमुखमा सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन ।

 प्रमुखमा गठबन्धनका साझा  माओवादी केन्द्र उम्मेदवार कर्ण बहादुर बुढाथोकीले ४८१० मत ल्याएर अग्रता लिएका हुन । बुढाथोकीले एमालेका उम्मेदवार गोविन्द कुमार पुनको भन्दा १ हजार ८ सय ५८ मत ल्याएर अग्रता लिएका हुन । 

 एमाले गोविन्द कुमार पुन २९५२, राप्रपा शिव बहादुर वली  १४० राप्रपा नेपाल बालाराम शर्मा ५ मत ल्याएका छन त्यसैगरी उप प्रमुख गठबन्धन तर्फका नेपाली काङ्ग्रेस पुरुषोत्तम आचार्य ३७०९ राप्रपा सृष्टि शाह १६७ र स्वतन्त्र दिपेन्द्र बिष्ट २४२५ मत ल्याएका छन ।

 वडा अध्यक्षहरुमा वडा न १ नेपाली काङ्ग्रेस थुम बहादुर विसि २ न वडामा माओवादी केन्द्र मानबहादुर खत्री, ३ न वडामा माओवादी केन्द्रका धनबहादुर पुनमगर, ४ न वडामा एमाले पुष्कर बुढा, ९ न वडामा रुद्र परियार, १० न वडामा एमाले मोते घर्ती, ११ न वडामा माओवादी केन्द्र बिरबहादुर बुढामगर र १२ न वडामा नेपाली काङ्ग्रेस लालबहादुर घर्तीले बिजय हासिल गरेका छन् ।  बाँकी वडा न ५,६,७,८ मा मत गणना गर्न बाकी छ अहिले वडा न ५ को गणना सुरु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका जम्मा २०९९६ मत मध्य १४२०८ मत खसेको थियो भने अहिले सम्म ८९२० गणना गरिएको छ भने ५२८८ मत गणना गर्न बाकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top