होमपेज / राजनीति
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को मत गणना सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका वीर बहादुर बुढामगर कैलाशको प्यानल बिजय भएको छ ।
जसमा बुढामगरले ६२७ मत ल्याएका छन भने नेपाली काङ्ग्रेसका निर्मल कुमार बुढाथोकीले ५२८ ल्याएर पराजित छन । महिला सदस्य सीता घर्ती मगर ६६८ दलित महिला सदस्य भिमी कामी ६५९ सदस्यहरु दुर्गा बहादुर बुढा ६६२ र मोलाल रोका ६५८ विजय भएका छन । माओवादी केन्द्रका नगर कमिटी उपाध्यक्ष रहेका बुढामगर २०७४ मा पनि वडा अध्यक्षमा बिजय भएका थिए । नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन ।
जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले २६१८ एमाले गोविन्द कुमार पुन १४३६ राप्रपा शिव बहादुर वली ११८ राप्रपा नेपाल बालाराम शर्मा ५ उप प्रमुख गठबन्धन पुरुषोत्तम आचार्य १२८८ राप्रपा सृष्टि शाह १२९ र स्वतन्त्र दिपेन्द्र बिष्ट १२८३ मत ल्याएका छन । सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ न वडामा १६७७ मत मध्य १२३५ मत खसेको थियो ।





.jpg)