ट्रेण्डिङ

होमपेज / राजनीति

केपि ओलीको पश्चगमनकारी कार्यलाई रोक्न गठबन्धनः कांग्रेस नेता खड्का

  इन्द्र बुढाथोकी २०७९ बैशाख २७ गते मंगलबार १६:४६:५२ मा प्रकाशित

वैशाख २७,सल्यान 
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्ण बहादुृर खड्काले केपि ओलीको पश्चगनकारी कार्यलाई रोक्न गठबन्धन भएको बताएका छन् ।

 एमाले अध्यक्ष वलीको अलोकतान्त्रिक, सर्वसत्तावाद र संविधान च्युटका विरुद्ध गठबन्धन बनेको र देश भर गठबन्धनमा आवद्ध पार्टीले नै जित हात पार्ने बताए । 
मंगलबार सल्यानको सल्लीबजारमा चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले शान्ति प्रक्रियाका अधुरा काम र देशमा अमन चयन तथा सम्वृद्धि हालिल गर्न गठबन्धन सहित चुनावी मैदानमा होमिएको उनको भनाई छ । विगतका तितामिठा कुरालाई बिर्सेर गठबन्धन सहित चुनावमा होमिएका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई दायाँबाँया नगर्न आग्रह गरे । 

खड्काले गबन्धन दल बाहिर स्वतन्त्र उम्मेदवारी दिने, प्रस्तावक, समर्थक र प्रचार प्रसार गर्नेको पार्टी सदस्यता नै खारेज गरिदिने चेतावनी समेत दिए । निर्वाचनको समय थोरै भएकाले स्वतन्त्र उम्मेदवारले आधिकारिक उम्मेदवारलाई समर्थन गर्र्दै पार्टी र आफ्नो अस्तित्वलाई बचाउन अपिल गरे । पार्टी नीति, विधि बाहिर जाने जो कोहीलाई अनुसाशनको कारवाही हुने उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top