ट्रेण्डिङ

होमपेज / राजनीति

दार्मा माओवादी जनभेटघाट पछि चुनावी सभामा

  प्रकाश शर्मा २०७९ बैशाख २३ गते शुक्रबार १४:०३:५२ मा प्रकाशित

प्रकाश शर्मा ,बैशाख २२, सल्यान । 

नेकपा माओवादी केन्द्रले  घर दैलो तथा जन भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ ।  गाउँपालिका  अध्यक्ष र उपाध्यक्ष सहित अन्य उम्मेदवारको साथमा टोलस्तरमा जनभेटघाट गरेको नेकपाले वडा नं ४को  रातामाटामा  चुनावी सभा सम्पन्न गरेको छ। 

घरदैलो तथा जन भेटघाट कार्यक्रम मा तिब्रता दिएका नेताहरुले दार्मामा  माओवादीको जित सुनिश्चित भएको भन्दै हार्ने मानसिकताका कारण एमाले  ,काङ्ग्रेस ले भ्रम ,झुट्टा आरोप लगाउँदै हिडेको बताएका छन ।

उनिहरुले देशमा एक खालको गठबन्धन भएका बेला दार्मामा गठबन्धन नहुनु राम्रो नभएकोे भन्दै  पार्टीका कार्यकर्ताले मात्रै भोट हाल्ने नभएर जनताले मतदानमा सहभागिता जनाउने भएकाले जनताले माओवादीलाई अझै सरकारमा देख्न चाहेको बताएका छन । नेकपा माओवादी दार्माका अध्यक्ष  निम बहादुर केसीले सेवा सुविधा बापत खाईपाई आएको रु ७४ लाख रुपयाँ  गाउँपालिकाको खातामा जम्मा गरिएको बताए ।   दार्मामा निर्वाचित भयपछि आफुले बल बुता ले भ्याय सम्म काम गरेको निम बहादुर केसीले दावी गरे।

दार्माको विकासका लागि आफु र आफ्नो नेतृत्वमा गएको सरकारले एक मत एकरुपताका सथ लागेको बताए । अध्यक्ष  निम बहादुर केसीले दार्माका  सबै टोल टोल मा सडक पुगेको र स्तर उन्नतीको तयारीमा लागेको बताए ।  यस्तै खानेपानिमा मात्र १७ करोड लगानी गरिएको उनको भनाई छ ।यस्तै कोभिड हस्पिटल , प्रत्येक वडामा स्वास्थ्य चौकी , पालिका भवन लगायत १५ सैया को हस्पिटल निर्माण आफ्नो प्राथमिकता  राखेर काम गरेको वताए ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top