ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनको बृहत घरदैलो अभियान

  इन्द्र बुढाथोकी २०७९ बैशाख २१ गते बुधबार १३:३५:२६ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख २१,सल्यान 
नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को संयुक्त गठबन्धनले बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न वडामा बृहत घरदैलो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । मुख्य बजार क्षेत्रमा गठबन्धनले चुनावी प्रचारप्रसारसँगै शक्ति प्रदर्शन समेत गरेको छ । 

गठबन्धनबाट नगपालिकाको मेयरमा माओवादीका कर्ण बहादुर बुढाथोकी र उपमेयरमा नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य सहितका नेता कार्यकताहरु घरदैलो अभियानमा  सहभागि भएका छन् । दरदैलो अभियानका क्रममा उम्मेदवारहरुले वडाका समस्याहरु समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नगरका १२ वटै वडामा अभियान सञ्चालन गरेको गठबन्धनले चुनावी प्रचारप्रसारलाईं तीव्रता दिएको छ । 

व्यक्तिगत स्वार्थ भन्दा देश र राष्ट्रको आवश्यकता अनुसार काम गर्ने उम्मेदवारहरुको भनाई रहेको छ  ।आफुहरुले जित सुनिश्चित भएको र त्यसको प्राविधिक रुपमा फैसला हुन मात्र वाँकी रहेको उनीहरुको भनाई छ । यो गठबन्धन पहिलो प्राथमिकता सुशासन भएको सरकारी वडा कार्यालय देखि विद्यालयका भवन, खानेपानी, स्वास्थ्य, सडक स्तरवृद्धि, कृषि क्षेत्रमा परिवर्तन गर्ने लगाएत क्षेत्रमा काम गर्ने बताएका छन् । केही वडा सहितमा गठबन्धन भए पनि केही ठाउँमा स्वस्थ प्रतिस्पर्धा गर्न सबैमा अनुरोध गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top