होमपेज / राजनीति
इन्द्र बुढाथोकी वैशाख १७,सल्यान
आफ्नो सहमति विना पार्टीले आफ्नो उम्मेदवारी फिर्ता लिएको प्रति सल्यान बनगाड कुपिण्डे नगरपालिकाको उप मेयर पदकी उम्मेदवार चम्फा पुरीले असन्तुष्टि जनाएकी छन् ।
शनिबार एक विज्ञप्ती जारी गर्र्र्दै अलोकतान्त्रिक, स्वेच्छाचारी र अराजनीतिक तरिकाले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै एमाले जिल्ला अध्यक्ष र नगर प्रमुख पदका उम्मेदवार गोविन्द कुमार पुनलाई कारवाहीको माग गरिएको छ ।
आफ्नो सहमति बेगर प्रदेश अध्यक्ष विनोद कुमार शाहको पत्रको आधारमा उम्मेदवारी फिर्ता लिएकाले एमालेले भन्ने गरेको विधि र पद्दतिको उपहास भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।






.jpg)