होमपेज / राजनीति
इन्द्र बुढाथोकी, सल्यान १४ बैशाख
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा स्थानीय तहको निर्बाचनको लागि जम्मा २१२ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नगर
पालिका प्रमुख पदमा ५ जना, उपप्रमुख पदमा ५ जना, लगायत सबै वडाहरुमा भिन्न दल हरुले वडा अध्यक्ष लगायत वडा सदस्यमा आफ्नो उमेद्वारी दर्ता गराएका छन् ।
नगरपालिकामा प्रमुख उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष कर्ण बहादुर बुढाथोकी (छहारी), नेकपा एमाले जिल्ला अध्यक्ष तथा निवर्तमान नगर प्रमुख गोविन्द कुमार पुन, नेपाली काङ्ग्रेस जिल्ला सदस्य सुन्दरा शाही, राप्रपा क्षेत्रीय अध्यक्ष शिव बहादुर वली र राप्रपा नेपाल जिल्ला अध्यक्ष बालाराम शर्माले आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । बुढाथोकी र पुन गत स्थानीय चुनावमा पनि प्रतिस्पधि थिए भने काङ्ग्रेस र एमाले गठबन्धनमा ९३ मतले बिजय भएका थिए ।
त्यस्तै उप प्रमुखमा नेपाली काङ्ग्रेस सभापति पुरुषोत्तम आचार्य, नेकपा एमाले जिल्ला सदस्य चम्फा पुरी, नेकपा ९एकीकृत समाजवादी० कर्णाली प्रदेश सदस्य जीवन विसि, राप्रपा श्रीष्टी शाह र नेपाली काङ्ग्रेसको तर्फबाट स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।
प्रमुख ५, उप प्रमुख ५, वडा अध्यक्ष ४६, खुल्ला सदस्य ८५, महिला सदस्य ३७, दलित महिला सदस्य ३४ सहित २१२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लक्ष्मीदेबी शर्माले बताएकी छन । उक्त नगरपालिका भित्र १२ वडा रहेका छन ।
कतिपय स्थानीय तहमा सर्बसम्मत उम्मेद्वारी दर्ता भएको छ भने कतिपय स्थानमा असन्तुस्ट पक्षले आफु आबद्द भएकै पार्टीको उम्मेद्वार बिरुद्द बागी उम्मेद्वारी दिएका छन् । भने कतिपय स्थानिय तहमा स्वतन्त्र उमेद्वारी पनि दर्ता भएको छ ।





.jpg)