ट्रेण्डिङ

होमपेज / राजनीति

कार्यपालिका सदस्य विक पुनः माओवादी केन्द्रमा फर्किए

  इन्द्र बुढाथोकी २०७९ बैशाख ९ गते शुक्रबार १३:१२:२९ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ९ वैशाख । 

बनगाड कुपिण्डे नगर कार्यपालिका सदस्य भएका जयप्रकाश विक पुनः माओवादी केन्द्रमा नै फर्किएका छन् ।   २०७४ सालको स्थानीय तहको निर्वाचनमा  नेकपा कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट कार्यपालिका सदस्य भएका विक एमालेमा गएका थिए । 

उनी नेकपा एमाले  र नेकपा माओवादी केन्द्र एकता भए देखि नेकपा एमालेमा नै रहेका विक शुक्रवार पुन माओवादी केन्द्रमा फर्किएका छन् । उनी केही व्यक्तिका कारण केही समय एमालेमा गए पनि पुनः माओवादी केन्द्रमा फर्किएको घोषणा गरेका छन् । उनले भने हामी दलित, आदिवासी, जनजाति लगायत उत्पीडित क्षेत्रको पक्षमा सधैँ माओवादीले नै काम गरिरहेकोले पुनः समाहित भएको समेत बताएका छन् । नेकपा एमाले झनै व्यक्तिवादी सोच बिचार भएको पार्टी भएको र उसले पछाडि परेको वर्गको कहिले हितमा काम समेत नगर्ने अवस्था देखे पछि पुन आफ्नै घरमा फर्किएको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top