ट्रेण्डिङ

होमपेज / राजनीति

मनकारी वडाध्यक्ष पुरी जो व्यक्तिगत लाभ भन्दा जनताको हितमा काम गर्छन्

  इन्द्र बुढाथोकी २०७९ बैशाख ५ गते सोमबार १५:०७:१७ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख ५,सल्यान 

स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुख सयलमा रमाउन तल्लीन छन् । नयाँ नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गर्दै छन् । गाउँमा हुने विकासका नाममा आफ्नै लगानीमा डोजरलगायतका निर्माण सामाग्री खरिद गरे अनियमितता गरिरहेका जनप्रतिनिधि पनि धेरै छन् ।  । नातागोता र आफन्तलाई जागिर खुवाउन सक्रिय हुने पनि उत्तिकै छन् । 

यस्ता क्रियाकलापले आफ्नै मतदातामाझ धेरै जनप्रतिनिधि आलोचित भएका छन् । तर यो भिडमा केही जनप्रतिनिधि यस्ता पनि छन् , जसले राज्यबाट पाउने तलब सुविधा सामाजिक क्षेत्रमा लगाउँदै आइरहेका छन् । पाएको तलब भत्ता लगायतका सुविधा पनि जनताको सेवामा खर्चिएका छन् । कानुन बमोजिम पाएको सेवा सुविधा जनताको सेवामा खर्चने जनप्रतिनिधि हुन सल्यानको बनगाड कुपिण्डे नगरपालिका ८ का वडाध्यक्ष कुल बहादुर पुरी । नेकपा माओवादी केन्द्रबाट निर्वाचित बनेका पुरीले मासिक २२ हजारका दरले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेका छन् । मासिक २२ हजारका दरले ५८ महिनाको रु १२ लाख ७६ हजार रुपैयाँ उनले सामाजिक क्षेत्रमा खर्चिएको बताए । 

उनले आफूले पाएको सेवा सुविधाबाट वडा कार्यालय र स्वास्थ्य कार्यालय जग्गा खरिदमा ६ लाख ५० हजार , प्रहरी विट बावियाचौरको १ वर्षको घर भाडा र फर्निचर दराज खरिदमा ६० हजार, खलङ्गा बालुवासंग्रही जोड्ने ज्यामिरेदेखि बावियाचौरसम्म वर्षातको समयमा मोटर बाटो सुधार ६० हजार, कोरोना महामारीमा मास्क, साबुन वितरण १ लाख ५०  हजार, कुपिण्डे मान्डाँडा मोड सुधार , २ लाख ५० हजार खर्च गरेको बताए । 

यस्तै कुपिण्डेताल व्यवस्थापनका लागि कर्मचारीको तल भत्ता ३० हजार, कौछेको बाटो मर्मत ४० हजार गरी १२ लाख ४० हजार रुपैयाँ सामाजिक काममा खर्च गरेको बाँकी ३६ हजार रुपैयाँ पनि सामाजिक कार्यमा नै लगानी गरिने उनको भनाई छ । 

राज्यबाट लिएको सेवा सुविधाको रुपमा एक ल्यापटप र मोटरसाइकल भएको र उक्त दुवै वस्तु पनि नगरपालिकालाई हस्तान्तरण गरी सकेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top