ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी दार्मा - ३ ले उम्मेदवार टुङ्गो लगायो

  प्रकाश शर्मा २०७८ चैत्र २९ गते मंगलबार १५:३१:३२ मा प्रकाशित

प्रकाश शर्मा चैत २९,सल्यान 

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) दार्मा गाउँपालिका ३ ले उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने प्रक्रियालाई तीव्रता दिएको दार्माले तीन नम्बर वडामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको हो । 

तीन न वडाको बैठकले वडाध्यक्षमा पोखर बहादुर खत्री  सर्वसम्मत सिफारिस गरेको छ । जसको सदस्यमा देव बहादुर रोकाय, नेत्र रोकाय, खुला महिला सदस्यमा उषा शर्मा केसी र दलित महिला सदस्यमा सुनिता कामीलाई सिफारिस गरेको हो । 

यस्तै दार्मा गाउँपालिका ३ का वडाध्यक्ष सेतीराम रोकायले पुनः आफ्नो वडाध्यक्षमा दाबी नरहेको बताउँदै पोखर सिहं खत्रीको टिमलाई निर्वाचित गराउन आग्रह गरेका छन् । समय परिवर्तन सङ्गै विविध कारणले  आफ्नो  चाहानालाई  यहीँ  विश्राम गर्दै पद लोलुपता व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्दै  विकल्पको मार्ग प्रशस्त गर्दै खुल्ला हृदयका साथ मैले आगामी स्थानीय तहको निर्वाचनमा मैले ३ न.  वडा अध्यक्ष को दाबी नगरी हाम्रो पार्टी नेकपा माओवादी केन्द्र वडा न ३  को पार्टी कमिटीको पूर्ण बैठक बाट कमरेड पोखर बहादुर खत्रीलाई वडा अध्यक्षको  समर्थन गरेको बताएका छन् । 

 पार्टीको मूल म्यान्डेटलाई नै आत्मसात् गरी अगाडि बढ्नु र पछाडि हट्नु पर्ने बताउँदै । कुनै गुट फुटको राजनीति भन्दा जुटको राजनीतिमा लागौँ र हाम्रो अमूल्य मत र व्यवहारलाई सही दिशा निर्देश गरौँ यसमै तपाई हामी सबैको जित र एकता रहन्छ।राजनीति जीवनभर चलिरहने खेल हो।यश खेलमा मेरो पूर्णविराम लागेको होइन। उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

यस्तै बागचौर नगरपालिका १२ वडा वडाध्यक्ष दीपक वलीले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो दाबी नरहने घोषणा गरेका छन् । जनआधार राम्रो भएका क्षेत्रमा स्थानीय तहको निर्वाचनमा यस अघि निर्वाचित जनप्रतिनिधिलाई नदोहोर्‍याउन माओवादी निर्देशन पालना  गर्दै दोस्रो कार्यकाल पदमा नजाने उनले बताएका हुन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top