ट्रेण्डिङ

होमपेज / राजनीति

राजीनामा दिएको २४ नबित्दै फिर्ता लिए खत्रीले

  प्रकाश शर्मा २०७८ चैत्र २८ गते सोमबार १७:१४:२५ मा प्रकाशित

प्रकाश शर्मा चैत २८, दार्मा 

पार्टीमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल मार्फत राजीनामा दिएका दार्मा गाउँपालिका २ का वडा सदस्य सार्की खत्रीले राजीनामा फिर्ता लिएका छन् । 

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सल्लाहकार  समिति सदस्य समेत रहेका खत्रीले आउँदै गरेको स्थानिय तह निर्वाचनको  उम्मेदवारीको विषयमा असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेका थिए ।  सामाजिक सञ्जाल फेसबुक मार्फत  नेकपा माओवादी केन्द्रको कुनै पनि जिम्मेवारी पदमा नबस्ने र स्वतन्त्र  बस्ने भनी दिएको राजीनामा  २ न वडाको  बैठकमा फिर्ता लगेको घोषणा  गरेका हुन । 

उनले पार्टीमा अहिले सम्मको लगानी त्याग बलिदानको रक्षा गर्न र  टुट फुट विखण्डनले  आन्दोलन सफल नहुने  भएकाले राजीनामा फिर्ताको  उर्लिएको उनको भनाई छ ।  सङ्घटनमा रही आन्दोलनको सह पार्टी  हुने प्रतिबद्धता व्यक्त  गर्दै आम नेपाली जनताले  माओवादी आन्दोलनमा लामबद्ध भई  समाजवादको यात्रामा सहयोग गर्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top