होमपेज / राजनीति
इन्द्र बुढाथोकी चैत २२,सल्यान
अखिल नेपाल महिला संघ क्रान्तिकारीको बनगाड कुपिण्डे नगरपालिकामा वडा नम्बर ११ लक्षुहाले टोलमा २५ सदस्यीय टोल कमिटी गठन गरेको छ । भेलाले विना डाँगीको अध्यक्षतामा २५ सदस्यीय टोल किमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा पार्वती डाङ्गी वली , सचिव मानकुमारी परियार, सह सचीव सीता विक र कोषाध्यक्षमा रिता विक रहेका छन । साथै नेपाली काङ्ग्रेस छाडेर नेकपा माओवादी केन्द्रमा ९ जनाले प्रवेश गरेका छन । जसमा पार्वती विक, कौशिला विक, सितली विक, काली थापा, कौशिला परियार, धनी विक, रति विक गाउसरा विक र मिना विक रहेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेश सल्लाहकार सदस्य लोकबहादुर बुढाले सबै महिला दिदिबहिनीलाई एकता भएर लाग्न र आउँदो चुनावमा माओवादी केन्द्रलाई विजय बनाउन आग्रह गरे । उनले भने गठबन्धन हुन सम्भावना छ यदि गठबन्धन नभएपनी माओवादी केन्द्रले बिजय हुन्छ । नगर कमिटी उपाध्यक्ष तथा ११ न वडा अध्यक्ष वीर बहादुर बुढा कैलाशले ११ नम्बर वडा माओवादीको किल्ला भएको जस्तो सुकै अवस्था पनि माओवादी केन्द्रले जित्ने र त्यसको तयारीमा लाग्न समेत आग्रह गरे । ११ नम्बर वडाको धेरै टोलमा माओवादी केन्द्र एकलौटी भई सकेको अवस्थामा बिगतको भन्दा अहिले पार्टी थप सुदृढ भएको समेत बताए ।





.jpg)