ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाडमा टोल टोल जाऊ माओवादी केन्द्रलाई जिताऊ अभियान तीव्र

  इन्द्र बुढाथोकी २०७८ चैत्र १८ गते शुक्रबार १७:११:३३ मा प्रकाशित

 इन्द्र बुढाथोकी १८ चैत्र सल्यान

बनगाड कुपिण्डे नगरपालिकामा टोल टोलमा जाऊ नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) लाई जिताऊ अभियानलाई तीव्रता दिएको छ । आगामी वैशाख ३० गते हुन स्थानीय चुनावकोलाई लक्षित गरी कार्यक्रमलाई तीव्रता दिएको छ । आज बनगाड कुपिण्डे नगरपालिका वडा न ५ टोलमा कार्यक्रम भएको छ ।

गाउ गाउमा जनताको समस्या तथा गुनासा सुनेर अगाडि बढ्ने नगर अध्यक्ष कृती बहादुर रानाले बताउनु भएको छ । बनगाड कुपिण्डे नगरपालिका १ सय २६ टोल टोलमा गएर भेला प्रशिक्षण तथा जनताका गुनासो सुन्ने गरेको बताउनु भएको छ । आफूहरूले गरेका विकासका योजनाहरू बारे समेत जानकारी दिने गरेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि भीमप्रकाश शर्माले हामीले बाली छरेको त्यसको काटेर अर्कैले प्रयोग गरेका कारण हामीलाई समस्या भएको बताउनु भएको छ ।

जनयुद्धको उपलब्धिको रक्षा बलिदान, योगदानले गर्दा माओवादीको योगदानले गर्दा यो व्यवस्था आएको बताउनु भएको छ । तपाईँहरू जस्ता जनताको योगदानले गर्दा यो व्यवस्था आएको प्रमुख अतिथि रमेश कोइरालाले बताउनु भएको छ । जनयुद्ध समयमा आफूहरूले बाचा गरे अनुसार अहिले जनतामा काम गरेको बताउनु भएको बताउनु भएको छ । गरिबको घर बनाउने भनेको अहिलेको स्थानीय सरकारले काम नगरिदिएको बताउनु भएको छ । यश क्षेत्रका बनगाडमा जन्मिएका प्रदेश सांसद, नगर प्रमुख भएर जनताको पक्षमा काम नगरेको अवस्था छ । आफूले बजेट ल्याउनु कता छ कता विभिन्न पहलमा पठाएका योजना बजेट समेत कार्यान्वयन नगर्ने नगर प्रमुखले कसरी विकास गर्छु भनेर जनताले विश्वास गर्नु हुन्छ । माओवादी केन्द्रको कर्णाली सरकारले छोरी बैङ्क खाताको व्यवस्था ल्याएको, बालबालिकाहरूलाई पोषण भत्ता ल्याएको दीर्घ रोगीहरूलाई पाँच हजार रुपैयाँ दिने जस्ता कामको तलब भत्ताको व्यवस्था गरेको बताउनु भएको छ ।

लाखर टोलमा लिफ्ट खानेपानी, विद्यालय र स्वास्थ्य क्षेत्रमा आफूहरूले विकास गरेको समेत बताउनु भएको छ । विकास निर्माणको काममा कहिले कुरा न उठाउने माओवादी केन्द्रले जनता भएको ठाउँमा विकास सधैँ रोक्ने गरेको बताउनु भएको छ । केही विकास समेत रोकेको अवस्था छ एमाले अब राजनीति बाट विश्राम लिने अवस्था भएको छ । समानुपातिक समावेशी लोकतान्त्रिक गणतन्त्र लगायत जनवादी गणतन्त्रको अनुभूति हुने गरी विकास गर्ने गरी नगरमा कम गर्न नपाएको गाँस बास पूरा गर्ने स्वास्थ्य, शिक्षा, विद्युत लगायतको क्षेत्रमा गर्ने र त्यसको लागि माओवादीले जित्नु पर्ने कर्णाली प्रदेश सदस्य तथा बनगाड कुपिण्डे नगर इन्चार्ज मित्रले बताउनु भएको छ । कर्णाली प्रदेश सदस्य तथा नगर अध्यक्ष कृती बहादुर रानाले भन्नू भयो गत वर्ष २ सय घरको फुसको छाना र अहिले २ सय ४० घरलाई फुसको छाना विस्थापित गर्ने हुँदा पनि नगर प्रमुख लागू नगरेको बताउनु भएको छ । शिक्षा क्षेत्रमा कुनै पनि बजेट कार्यान्वयन गएको एमाले कार्यालय बसेको ठाउँमा मात्र काम गर्ने त्यहीँ बाट कमिसन आउने भएकोले त्यता तिर मात्र ध्यान दिने गरेको नगर अध्यक्ष कृती बहादुर राना बताउनु भएको छ ।

 गलत रिपोर्ट बनाएर कमिसन खाने काम मात्र गरेको उहाँको आरोप छ । प्रधानमन्त्री रोजगारमा नगर प्रमुखको निर्देशनमा यहाँका जनताको रिपोर्ट माथि नपठाउँदा २ जनाको नाम मात्र पठाउँदा १ लाख बजेट आएको बताउनु भएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम पनि नगर प्रमुखको निर्देशनमा लागू हुन नसकेको समेत बताउनु भएको छ । आफ्नो स्वार्थ बाहेक अन्य कुनै जनताको पक्षमा काम गर्न नमाने बताउनु भएको छ । नगर प्रमुख भए देखि कुनै पनि केन्द्रीय योजना ल्याउन नसकेको बताउनु भएको छ केपी ओली प्रधानमन्त्री हुँदा समेत छुटै कुनै क्षेत्रमा विकास ल्याएको देखाउन चुनौती समेत दिएका छन् ।

 ५ नम्बर वडा अध्यक्ष कमल विकका अनुसार आफूले थुप्रै वडामा प्रदेश बाट बजेट ल्याएर जनताको काम गरेको समेत बताउनु भएको छ । खानेपानी तत्कालीन समस्या समेत समाधान गरेको बताउनु भएको छ । न्यायाधीश जसरी आफूले विभिन्न बाहानमा वडा अध्यक्षको अधिकार समेत खोसेर प्रधानन्यायाधीश हुन खोजेको थिए अहिले कानुनले भन्दा माथि कोही रहेनछ भनेर रुझेको बिरालो जस्तो भएको बताउनु भएको छ । वाइसीएल प्रदेश सदस्य कुमार पुन नगर प्रमुख असक्षम भएकोले विकास हुन नसकेको बताउनु भएको छ । कमिसन खाना सजिलो होला भन्दै जनतालाई झुक्क्याएर पुन नगर प्रमुख जित्नु पर्न लागि परेको बताउनु भएको छ । युवाहरूकै भोलिको भविष्यको लागि सक्षम नेतृत्व ल्याउन लाग्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top