ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा (माओवादी केन्द्र) दार्मा गाउँकमिटीको बिस्तारित बैठक सम्पन्न

  प्रकाश शर्मा २०७८ चैत्र १४ गते सोमबार २१:३०:०८ मा प्रकाशित

प्रकाश शर्मा चैत १४,सल्यान 
नेकपा (माओवादी केन्द्र) दार्मा गाउँकमिटीको बिस्तारित बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय  सदस्य टेक बहादुर बस्नेत  सल्यान जिल्ला इन्चार्ज उमाकान्त शर्मा जिल्ला अध्यक्ष  कृति बहादुर पुन, प्रदेश सदस्य भिम प्रकाश शर्मा ,  निम बहादुर केसि ,अनन्त प्रशाद शर्मा, जुना मल्ल लगायतको उपस्थित थियो  । 

विस्तारित बैठकलाई शम्वोधन गर्दै टेक बहादुर बस्नेतले नेपालि राजनिती माओवादीको पेरिफेरिमा घुमि राखेको र यसको नेतृत्व प्रचण्डले गरि रहेको बताए ।  बस्नेतले  ५ दलिय गठबन्धनको मुल उदेश्य  प्रतिगमन  विरुद्ध  लड्नु भएका  स्थानीय निर्वाचन हुँदै  प्रदेशर   संघको निर्वाचन  हुँदासम्म रहने बताए । यस्तै    जिल्ला इन्चार्ज   उमाकान्त शर्माले आउदो बैशाख ३० मा हुने स्थानिय निर्वाचनमा लोकप्रिय सबैभन्दा  बढी मत केन्द्रित जहाँ हुन्छ त्यहि उम्मेदवारी  छनोट गर्नु पर्ने र वर्ग को जित हुने गरि निर्वाचनमा होमिनु पर्ने बताए।

बैठकमा प्रदेश कमिटि सदस्यहरु भिम प्रकाश शर्मा ,ज्ञान बहादुर ओलि ,निम बहादुर केसि अनन्त  प्रशाद शर्मा जुना मल्ल लगायतले प्रशिक्षण  मुलक भनाइ राखेका थिए  ।बैठकले निर्वाचन केन्द्रित १ महिने अभियान समेत तय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top