ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाडमा घर घर जाऔ कांग्रेस जिताऔ अभियान

  इन्द्र बुढाथोकी २०७८ चैत्र १० गते बिहीबार १९:५८:२६ मा प्रकाशित

 इन्द्र बुढाथोकी  चैत्र १० सल्यान 
नेपाली कांग्रेस बनगाड कुपिण्डे नगरपालिकामा ‘घर– घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको छ । बिहिवार सल्यान सल्लीबजारमा कार्यक्रममा आयोजना गरिएको छ ।
‘घर– घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले आउँदो स्थानीय निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए । 

संवोधनमा क्रममै नेताहरुले कम्युनिस्टहरुको कार्यशैली प्रति चर्को विरोध गरेका थिए । नेताहरुले सरकारमा पनि फेल,पार्टीमा पनि फेल, प्रतिपक्षमा पनि फेल अब भने भोट नेकपा एमालेलाई केका लागि दिने जस्ता एमाले लक्षित व्याङ्गयात्मक समेत बोल्न भ्याए । कम्युनिस्टहरुले देश बनाउने भन्दा बिगार्नेमा उद्दत रहेको जनाए । कम्युनिस्टहरुले एमसिसिका विषयमा देखाएको नौटंकी हाँस्यास्पद छ । यो परियोजना राष्ट्र र देशका निम्ति लाभदायक छ । यस्ता परियोजना विना यो देश विकासउन्मुख गतिमा अघि बढ्न नसक्ने भनाई थियो ।

बनगाड कुपिण्डे नगरपालिकामा कम्युनिस्टको विकास हेरेपछि उनीहरुको विकासको चरित्र उजागर हुन्छ । बनगाड कुपिण्डेमा ५ वर्षमा आसेपासेलाई करार जागिरेमा भर्ति केन्द्र, उपभोक्ता समिति, व्याप्त भ्रष्टाचार, माफिया, दालाली, कमिसन र भएको घना जंगल जथाभावी सडक खनेर फडानी बाहेक अरु उदेक लाग्दो काम केही नभएको कांग्रेस नेताहरुको ठोकुवा रहेको थियोे । यतिखेर कम्युनिस्टहरुका कारण देश नांगो टाट् परेको छ । तत्कालीन नेकपा सरकारले ४ वर्षमम अर्थतन्त्र धोस्त पार्ने काम गरेको छ । सभालाई नेपाली कांग्रेसका राजेन्द्र वहादुर शाह, डिल्लीराज रेग्मी, ध्रुवराज पुरी, एकराज डाँगी, प्रेमवहादुर डाँगी, निमवहादुर वली, चक्र देवकोटा, सन्तोष केसी, एकराज वुढाथोकी, प्रकाश भण्डारी र सुरेश अधिकारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
फेरि पनि देश समाल्न, नीति विधि, शुसाशन, अमनचयन र संविधानको रक्षाका लागि पुनः नेपाली कांग्रेस पार्टीलाई मत दिएर सल्यानका सबै पालिका वडाहरुमा विजय वनाई सल्यानी जनताको सपना साकार पार्न अपिल गरिएको छ ।

अन्य पार्टी छोड्दै दुई दर्जनभन्दा बढीले नेपाली कांग्रेस प्रवेश गरेका छन् । कार्यक्रमको सभा अध्यक्ष नगर सभापति पुरुषोतम आचार्य र सञ्चालन नगर सचिव रामवहादुर वस्नेतले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top