ट्रेण्डिङ

होमपेज / राजनीति

वाइसिएल बनगाड कुपिण्डेको अध्यक्षमा लक्ष्मण बिसी

  इन्द्र बुढाथोकी २०७८ चैत्र १ गते मंगलबार २०:३९:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी चैत १,सल्यान 

योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बनगाड कुपिण्डे नगरपालिका पहिलो विस्तारित बैठक सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलको  मंगलबार बसेको पहिलो विस्तारित बैठकले ५५ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा लक्ष्मण विसि, उपाध्यक्ष इन्द्र प्रकाश वली, डिलबहादुर बुढा, दिपक पुन ,सचिव गोविन्द सुनार, सह सचिव रोहित शाह, प्रेम बिक, यादव परियार, पदमबहादुर थापा र कोषाध्यक्षमा सुजन सुनार रहेका छन । 

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष कर्ण बहादुर बुढाथोकी प्रमुख अतिथिमा बैठक सम्पन्न भएको हो ।  बैठकमा बोल्दै प्रमुख अतिथि बुढाथोकीले युवाहरू भनेको देशको मेरुदण्ड तथा भविस्यका देशका लागि आवश्यक पर्ने व्यक्ति भएको बताए ।  युवा भनेको काचो माटो भएकोले अहिले देखि नै आफ्नो भविस्य सङ्गै देशको भविस्यको बारेमा सोच्नु पर्ने बताए। वाइसीएलले अब आउँदो चुनाव आफ्नो पार्टीलाई जिताउन महत्त्वपूर्ण भुमिका खेल्ने समेत बताएका छन । प्रदेश कमिटी सदस्य धनबहादुर पुन, नगर अध्यक्ष किर्ती बहादुर राना लगाएतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top