होमपेज / राजनीति
इन्द्र बुढाथोकी, फागुन २८,सल्यान
नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले एमसीसीको विषयमा खासै विवाद गर्न आवश्यक नभएको बताएका छन् । सांसदबाट पास भइसकेकाले मुलुकको स्वतन्त्रतालाई तलमाथि हुन नदिने, जनताको पक्षमा काम गर्ने सर्तमा कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।
शनिवार बिहान सल्यानको सल्लीबजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सचिव भट्टराईले सांसदमा एमसीसी टेबल हुँदा नेकपा एमाले पक्ष विपक्ष कुनैमा नभएको बताउँदै गलत तरिकाले काम गरेमा अमेरिकालाई तिम्रो पैसा चाहिँदैन लैजाऊ भन्ने हिम्मत र एमसीसी गलत भए सच्याउन सकिने हटाउन लगाउने तागत एमालेसँग मात्र भएको बताए । उनले त्यसको कार्यान्वयन गरेर सडक, विद्युत् लगायतको प्रयोजन अगाडि बढाउन समेत आग्रह गरेका छन् ।
आउँदो चुनावमा एमालेलाई जिताउनको लागि दृढ एकता भएर कार्यकर्ताहरुलाइ लाग्न समेत अनुरोध गरेका छन् । एमाले बाहेक अरूले देशको नेतृत्व गर्न नसक्ने, देशमा समृद्धि समेत नहुने ठोकुवा गरे ।
पूर्व पर्यटन मन्त्री समेत रहेका भट्टराईले कांग्रेस हिम्मत नभएको पार्टी भएको बताए । उनले भने एमालेसँग चुनाव जित्न सक्ने हिम्मत भए एक्लै एक्लै लडौँ किन गठबन्धन गरेर आउनु पर्यो , एमालेलाई हराउन विभिन्न गठबन्धन गरेर पछार्ने भनेका छन् कांग्रेसलाई खुल्ला चुनौती छ एक्ला एक्लै लडौँ कसले जित्छ किन अकुलाइ वाकेर आउनु हुन्छ ।
माओवादी कांग्रेससँग लागेर १० वर्ष जनयुद्धको उपलब्धि नहुने बताउँदै उनले त्यसको लागि एमाले लगायत कम्युनिस्ट एकता गरेर मात्र जनयुद्धका उपलब्धिको संरक्षण गर्न सकिने बताए ।





.jpg)