होमपेज / राजनीति
इन्द्र बुढाथोकी ,२४ फाल्गुन
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) वडा स्तरीय कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम गाउँ गाउँमा तीव्रता दिएको छ । १२ वडा रहेको नगरपालिकामा अहिलेसम्म ८ वटा वडामा गरिसकेको छ । जस अनुसार वडा न १, २, ३, ४, ६, ७, ८ र ११ कार्यक्रम सम्पन्न गरिसकेको छ भने बाकी ५, ९, १० र ११ नियमित कार्यक्रम गर्ने नगर अध्यक्ष कृत्ति बहादुर रानाले बताए ।
मङ्गलवार बनगाड कुपिण्डे नगरपालिका ४ गर्चे पहिलो वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सल्यान जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकीले देश अब निर्वाचन तिर गएको र आम कार्यकर्ता निर्वाचनको तयारीमा लाग्न अपिल गरे । अब हुने स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र नै जनताको मन मुटुमा बस्न सफल भएकोले बनगाडमा सबै सेट माओवादीले जित्ने दाबी गरे । अहिलेको नगर सरकारले आएको बजेट पनि कार्यान्वयन नगरेको र आएको बजेट कार्यान्वयन गर्नु सट्टा उल्टै विकास रोकेको बताए । इन्चार्ज बुढाथोकीले भने माओवादी प्रति जनताको विश्वास बढेको र थप पार्टी प्रवेश गर्नेको लर्को लागेको छ ।
सत्तामा गएकोले सङ्घीयता राम्रो नमानेको त्यसको सङ्घीयता खारेज गर्ने भनेका तर त्यसो नहुने जनयुद्धको उपलब्धि भएको माओवादीको जनयुद्ध जन आन्दोलनको उपलब्धि समावेश समानुपातिक सहित गरिब दलित पिछडिएको वर्गको नेतृत्व गरेकोले अब सङ्घीयता बलियो हुँदै जाने र त्यसको लागि माओवादी जित्नु पर्ने बताएका छन् । अहिलेका स्थानीय सरकारले भ्रष्टाचारमा लिप्त भएको बुढाथोकीले बताए।
११९ गाउँ ८ बजार बनगाडमा रहेका ठाउँमा सबैले नेतृत्व गरेर अगाडि बढ्नुपर्ने एक्लै गरेर भन्दा युक्त रुपमा नेतृत्व स्थापित गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । नगरपालिका सबै वडामा अग्रपङ्क्तिमा रहेको समेत बताउनु भएको छ । विकास अवरुद्ध गर्ने शिक्षा क्षेत्रमा एमाले नेता पनि हुने शिक्षक पनि हुने अनि शिक्षा क्षेत्र अस्तव्यस्त बनाउने काम गरेको त्यसको नगरपालिकाले कहिले अनुगमन गरेन अनि कसरी हाम्रो छोराछोरीको भविष्य उज्ज्वल नहुने गरे नगर सरकार लागेको प्रदेश सदस्य धनबहादुर पुन मित्रले बताउनु भएको छ । बनगाडको सबै विकासको लागि एक पटक माओवादी केन्द्रले जित्नु पर्ने बताएका छन् ।
सल्यान जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकी, प्रदेश सदस्य धनबहादुर पुन ९मित्र०, कमल विक, नगर अध्यक्ष कृत्ति बहादुर राना , नगर उपाध्यक्ष मोमत रोका, नगर सचिव दुर्गा बहादुर बुढाथोकी लगायत नगर सदस्यहरूले मन्तव्य राखेका थिए ।





.jpg)