ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्र बनगाडमा कार्यकर्ता भेला प्रशिक्षण अभियान तीब्रः जित सुनिश्चित छ इन्चार्ज बुढाथोकी

  इन्द्र बुढाथोकी २०७८ फाल्गुण २१ गते शनिबार १९:१८:४१ मा प्रकाशित

इन्द्र बुढाथोकी  २१ फागुन, सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) वडा स्तरीय कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ  । शनिवार बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा पहिलो वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । 

भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सल्यान जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकी ( छहारी) ले देश अब निर्वाचन तिर गएको र आम कार्यकर्ता  निर्वाचनको तयारीमा लाग्न अपिल गरे । अब हुने स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र नै जनताको मन मुटुमा बस्न सफल भएकोले बनगाडमा सबै सेट माओवादीले जित्ने दाबी गरे । अहिलेको नगर सरकारले आएको बजेट पनि कार्यान्वयन नगरेको र आएको बजेट कार्यान्वयन गर्नु सट्टा उल्टै विकास रोकेको समेत बताए । इन्चार्ज बुढाथोकीले भने माओवादी प्रति जनताको विश्वास बढेको र थप पार्टी प्रवेश गर्नेको लर्को लागेको समेत बताएका छन् । जसको नीति उसको नेतृत्व नभएकाले सरकार चलाउनमा समस्या भएको छ । 

 सत्तामा गएकोले सङ्घीयता राम्रो नमानेको त्यसको सङ्घीयता खारेज गर्ने भनेका तर त्यसो नहुने जनयुद्धको उपलब्धि भएको माओवादीको जनयुद्ध जन आन्दोलनको उपलब्धि समावेश समानुपातिक सहित  गरिब दलित पिछडिएको वर्गको नेतृत्व गरेकोले अब सङ्घीयता बलियो हुँदै जाने र त्यसको लागि माओवादी जित्नु पर्ने बताएका छन् । अहिलेका स्थानीय सरकारले भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top