होमपेज / राजनीति
इन्द्र बुढाथोकी ,१९ सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर स्तरीय कार्यक्रमलाई तिब्रता दिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित रहेर कार्यक्रम संचालन गरिएको नगर अध्यक्ष कृति बहादुर राना जानकारी दिए ।
बिहीबार बनगाड कुपिण्डे नगरपालिका ११ आपचौरमा वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । बनगाडमा माओवादीवादीलाई पहिलो बनाउने लक्ष्यका साथ अभियान तिव्र पारिएको उनको भनाई छ ।
भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सदस्य धनबहादुर पुन मित्रले देश अब निर्वाचन तिर गएको र आम कार्यकर्ता निर्वाचनको तयारिमा लाग्न अपिल गरे । अब हुने स्थानिय तहको निर्वाचनमा नेकपा माआवादीनै जनताको मन मुटुमा बस्न सफल भएकोले बनगाडमा सबै सेट माओवादीले जित्ने दावी गरे । अहिलेको नगर सरकारले आएको बजेट पनि कार्यान्वयन नगरेको र आएको बजेट कार्यान्वयन गर्नु सट्टा उल्टै विकास रोकेको समेत आरोप लगाए ।
नगर अध्यक्ष दिपले माओवादी प्रति जनताको विश्वास बढेको र थप पार्टी प्रवेश गर्नेको लर्को लागेको बताए। कार्यक्रममा विभिन्न पार्टीबाट नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन । कार्यक्रममा एमाले वडा कमिटी सदस्य बने कबर, पुर्व एमाले नगर कमिटी सदस्य हर्कलाल घर्ती, एमाले बाट ११ न वडाको उम्मेदवार चित्रकला घर्ती, नेपाली काङ्ग्रेस बाट विमि विक, खिउरो विक, जित बहादुर विक र टेके राना लगाएतले पार्टीमा प्रवेश गरेका छन ।





.jpg)