होमपेज / राजनीति
प्रकाश शर्मा , फागुन ९ दार्मा ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य निम बहादुर केसी अरुणले परिवर्तन भएको हेर्न नचाहने पार्टीको भ्रममा नपर्न आग्रह गरेका छन् । धेरै लामो सङ्घर्ष, त्याग तपस्या र बलिदानबाट एकात्मक व्यवस्थाको अन्त्य भई सङ्घीय गणतन्त्र आएको बताउँदै सङ्घीयता र गणतन्त्र स्वीकार गर्न नसक्नेहरूको भ्रममा नपर्न आम समुदायलाई आग्रह गरेका हुन ।
आइतबार नेकपा माओवादी गाउँपालिका वडा न २ ले मौलेखालीमा आयोजना गरेको सभामा बोल्दै अरुणले जनताको रगत र बलिदानबाट सङ्घीयता आएको र फेरी केही शक्ति सङ्घीयतालाई ध्वस्त पारी एकात्मक व्यवस्था उल्ट्याउन लागि परेको बताए ।
सम्पूर्ण दर्माली जनताको त्यागबाट प्राप्त सङ्घीय गणतन्त्रको कारण विकासको जग बसाउन सफल भएको बताउँदै परिवर्तन नचाहने पार्टीको भ्रममा नपर्न आग्रह गरेका हुन ।दार्मा गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी ले विद्युत् ,सडक, सिचाई, खानेपानी मा ५ वर्ष को अवधिमा नसोचेकै विकास भएको दाबी गरे । । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य अनन्त प्रसाद शर्माले दर्माली जनता जनयुद्धको पात्र को भूमिका रहेर काम गरेको भन्दै जसले बच्चा जन्माउँछ उसलाई नै बच्चा को माया हुने बताए । जनताको त्याग तपस्याबाट प्राप्त सङ्घीय गणतन्त्र को रक्षा गर्न दर्माली जनतालाइ आउँदै गरेको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीलाई विजय गराउन अपिल समेत गरे ।

यस्तै कर्णाली प्रदेश समिति सदस्य जुना मल्ल ले समावेशी समानुपातिक प्रतिनिधित्व तथा गणतन्त्र धर्म निरपेक्षता नेकपा माओवादीको एजेन्डा भएकोले महिला मुक्तिको निम्ति लडिरहेको पार्टी माओवादी केन्द्र अझै परिवर्तन स्थलगत गरी समाजलाई समाजवाद तर्फ लैजान लागि परेको बताइन । कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरी ३ दर्जन कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।





.jpg)