होमपेज / राजनीति
प्रकाश शर्मा फागुन ९,सल्यान
उद्यमीसँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत विभिन्न सिपमुलक कार्यक्रम सम्पन्न भएको छ । नागार्जुन इन्ष्टिच्युट हेल्थ साइन्स प्रा.लि काठमान्डौको सहकार्यमा विभिन्न सिपमुलक कार्यक्रम सञ्चालन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले दार्मा निर्माण गर्न सम्पुर्ण नागरिकको जिम्मेवारी भएको भन्दै एक्लै ले चाहे पनि केही गर्न नसकिने बताए । केसीले तालिमबाट उत्पादीत दक्ष जनशक्ति दार्माको सम्पति भएकोले दार्माका जनतालाई कुनैन कुनै सिपको विकास गरेर आत्मानिर्भर बन्न अनरोध गरे ।
यस्तै उपाध्यक्ष टीका शर्माले आजको युगमा सिप बिना मानिस अपांग हुने भन्दै दार्मा सरकार सम्पुर्ण दर्मालिलाई सीप सिकाइ उद्यमी बनाउन लागि रहेको बताइन ।
ड्राइभिङ ,पलम्बर, मसला, हाउस वाइरिङ लगायतका तालिम सञ्चालन गरिएको थियो ।
तालिममा २०० जना सहभागिता रहेको थियो । दार्मा गाउँपालिकाको ४५ लाख लगानिमा कार्यक्रम सम्पन्न भएको हो ।





.jpg)