ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा एकीकृत समाजवादीको निर्वाचन केन्द्रीत कार्यक्रम तिव्र

  इन्द्र बुढाथोकी २०७८ फाल्गुण ४ गते बुधबार १९:२२:१५ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान , ४ फागुन ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचनको घोषणा गरेसँगै पालिका स्तरमा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । 

अभियानकै क्रममा बुधवार बनगाड कुपिण्डे नगरपालिकामा प्रशिक्षण तथा राष्ट्रिय सभा सदस्य उदय बोहरालाई सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा नगर स्तरीय अगुवा कार्यकर्तालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष अम्बर बहादुर थापा, केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज एवं राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहरा, केन्द्रीय सदस्य भद्र सिंह बुढाले प्रशिक्षणात्मक सम्बोधन गरेका थिए ।

 २०७९ सालमा हुने सबै स्थानीय तहका चुनावमा पार्टीले जित्ने कुरामा मात्रै ध्यान दिन आग्रह गरिएको छ । सबै पार्टी कार्यकर्तालाई जनताको समस्या सङ्ग जुधेर अगाडि बढेर निर्वाचित कार्यक्रम कार्यक्रम गर्न आग्रह गरिएको छ । 

पार्टी पुनर्जीवनको यो भिडमा सबै तह र तप्काको आवश्यकता रहेको जनाइएको छ । पार्टी नगर कमिटी अध्यक्ष रविराज शर्माको अध्यक्षतामा आयोजित प्रशिक्षणात्मक भेलामा जिल्ला कमिटी सदस्य पठ बहादुर पुनको स्वागत मन्तव्यसँगै नगर कमिटी सचिव गोविन्द डाँगीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top