होमपेज / राजनीति
इन्द्र बुढाथोकी सल्यान , २२ माघ ।
नेकपा एकीकृत समाजवादीका उप–महासचिव तथा कर्णाली प्रदेश सरकारका पूर्व अर्थ मन्त्री प्रकाश ज्वालाले शिक्षा क्षेत्रको आमुल परिवर्तन विना अरु परिवर्तन असम्भव रहेको बताएका छन् । शिक्षा क्षेत्रको विकास गर्न सकेमात्र देशले प्रगति गर्न सक्ने उनको भनाई छ ।
शनिबार सल्यानको कुमाख गाउँपालिका २ रुमालगाउँमा रहेको श्री नारायण माध्यमिक विध्यालयको नव निर्मित ८ कोठे भवनको उद्घाटन गर्दै नेता ज्वालाले
आफु निर्वाचित भए पश्चात् हालसम्म जीर्ण भवनको मर्मत तथा नयाँ विद्यालय भवनमा सल्यान जिल्लाका धेरै विद्यालयहरुको भौतिक पूर्वाधारमा वजेट विनियोजन गरेको बताए ।
बजेट विनियोजनसँगै विद्यालयहरु निर्माण कार्य सम्पन्न भई प्रयोगमा आइसकेको समेत उनको दावी छ । आफ्नो पहिलो नजर शिक्षा क्षेत्रमा नै परेको ज्वालाको भनाइ रहेको छ ।
कुमाख गाउँपालिका अध्यक्ष दिलमाया वुढामगर गिरिले विद्यालय लगायत विभिन्न ठाउँमा गरेर ६४ भवन बनाएको र पहिलो आवश्यकता भवन नै भएको बताइन । अध्यक्ष गिरिका अनुसार पहिला प्राथमिक भवन र त्यसमा पनि शिक्षा भएको दावी गरिन । पालिकाले शिक्षा, स्वास्थ्य, लगाए जनताको तत्कालीन आवश्यक पर्ने ठाउँमा स्थानीय सरकारले काम गरेको बताइन ।
विद्यालयको लागि गाउँपालिकाद्वारा करिव २७ लाख १४ हजार ८ सय ४७ र तत्कालीन अर्थमन्त्री हुँदा ज्वालाले प्रदेश आर्थिक मामिला मन्त्रालयबाट सोही बराबरको रकम विनियोजन गरि करिव ५४ लाख २९ हजारमा उक्त भवन बनेको जनाएको छ ।
भवनको कामको जिम्मेवारी न्यू विके विल्डर्स एण्ड सप्लायर्स निर्माण कम्पनीले आर्थिक वर्ष २०७७ चैत मसान्तभित्र सम्पन्न गरिसकेको थियोे । भवन उद्घाटन कार्यक्रमसँगै शनिबार विद्यालयले सम्मान कार्यक्रम समेत गरेको छ । भवन गुणस्तरीय तथा राम्रो भएको प्रधानाध्यापक देवेन्द्र रावतको भनाइ रहेको थियोे ।
५४ लाख लागतमा ८ कोठे भवन भनेपछि पठनपाठनमा निकै सहज हुने जनाएको छ । यस कार्यमा सहयोग पु¥याउने गाउँपालिका र तत्कालीन पूर्व अर्थमन्त्री ज्वाला, भवन निर्माण कार्यमा संलग्नता कम्पनीलाई विद्यालय परिवारले विशेष सम्मान समेत गरेको छ ।





.jpg)