होमपेज / राजनीति
प्रकाश शर्मा पुस २३,सल्यान
नेकपा एमाले पोलिटब्युरो सदस्य गुलाबजंग शाहले नेकपा समाजवादी पार्टी को भविष्य धेरै नभएको बताएका छन् ।
नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ललिता निवास प्रकरणमा दोषी भएको दाबी गर्दै यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र फैसला माधव नेपालको पक्षमा नभएपछि पार्टी नै नरहने भन्दै शाहले समाजवादी पार्टीकोको आयु अदालतको फैसला कुरेको बताए छन् ।
शुक्रवार सल्यान खलङ्गामा आयोजित नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै शाहले नेपालमा सत्ता पक्ष र सरकार पक्ष दुई पार्टी मात्र पार्टी भएको बताउँदै अहिलेको परमादेशबाट बनेको सरकार , गठबन्धन भ्रष्टाचार धुसखोरी ,अराजक रहेको र जनताले केपी को सरकार को अपेक्षा गरेको बताए
कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगीले प्रचण्डले नेकपा एमाले कब्जा गर्ने रणनीतिमा पार्टी एकता गरेको र केपीको चलखिका कारण कब्जा हुन नसके पछि देशी विदेशी शक्तिहरू लगाएर पार्टी चक्नचुर पारेको आरोप लगाए ।





.jpg)