ट्रेण्डिङ

होमपेज / राजनीति

राउटे समुदायको व्यवस्थापनको जिम्मा राज्यले लिन्छः मन्त्री झाक्री

  इन्द्र बुढाथोकी २०७८ पौष २३ गते शुक्रबार १९:३७:५४ मा प्रकाशित

इन्द्र बुढाथोकी पुस २३,सल्यान 
शहरी विकास मन्त्री रामकुमारी झांक्रीले लोपोन्मुख राउटे समुदायको जीवनरक्षा गर्न सरकार प्रतिवद्ध भएको बताएकी छन् ।

 शुक्रबार सुर्खेतको सिम्ता गाउँपालिका –४ पटाउके कालिखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा पुगी मन्त्री झाँक्रीले राउटेको सुरक्षाको लागि आवास, शिक्षा र स्वास्थ्य सेवा दिन सरकार सकारात्मक भएको बताइन । पहिलो चरणमा राउटे समुदाय जहाँ जान चाहन्छन त्यही सुरक्षि आवास निर्माण गर्ने राउटे मुखियाको रोहबरमा सहमति भएको छ । 

राउटे समुदायको व्यवस्थापनको जिम्मा राज्य लिने र त्यसको लागि उनीहरुलाई शारीरिक र मानसिक रुपले जनचेतना बढाउने उनको तर्क रहेको छ । यस्तै शिक्षादिक्षाबाट बञ्चित बालबालिकालाई पढाउने वातावरण बनाउने बाचा दिएकी छन् । राउटेलाई भेट्न बस्तीसम्म पुगेको झाक्रीले ६५ थान बलांकेट समेत हस्तान्तरण गरेकी छन् । 

मन्त्री झाक्रीले लगाइन राउटे सम्झना र गाजलुसँग मित 

मन्त्री झाक्रीले राउटे समुदायकी सम्झना शाही र गाजलुसँग मितेरी लगाएकी छन् । नेपाली समाजमा राउटेहरुलाई समाहित गर्न नाता जोडेको उनको भनाई छ । सामाजिक सञ्जालमा भाइरल भएकी सम्झना र गाजलुसँग उनले मितेरी साइनो लगाएकी हुन । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top