होमपेज / राजनीति
प्रकाश शर्मा पुस १७,दार्मा
नेपाली कांग्रेसका कर्णाली प्रदेश सह महामन्त्री एकराज डाँगीले आउँदो निर्वाचनमा सल्यानका सबै स्थानीय तह, प्रदेश र सङ्घमा कांग्रेसका तर्फबाट उम्मेदवारी हुने बताएका छन् ।
नेपाली कांग्रेसको ४६ औ मेलमिलाप दिवसको अवसरमा दार्मामा आयोजित कार्यक्रममा बोल्दै नेता डाँगीले महाधिवेशनमा विभिन्न समूहबाट निर्वाचन लडेको भएपनि अब गुट उपगुटको अन्त्य गरी आउँदै गरेको निर्वाचनको तयारीमा जुट्नु पर्ने बताए । उनले नेपाली कांग्रेसको गुट उपगुटले कमजोर भएको बताउँदै विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्नु पर्ने बताए ।
जिल्ला सभापति केश बहादुर विष्टले राजनीतिमा शक्ति सन्तुलन महत्त्वपूर्ण कुरा भएको बताउँदै काङ्ग्रेस सरकारमा हुँदा र नहुँदाको फरक जनताले छुट्याउनु पर्ने बताए । कम्युनिस्टको जन्म हत्या हिंसाबाट भएको बताउँदै उनले कम्युनिस्टको सरकारबाट जनताले चाहे अनुसारको काम नभएको र जनचाहाना अनुरूप काम गर्न नसक्ने दाबी गरे । ।सल्यान जिल्ला समन्वय समिति सभापति समेत रहेका विष्टले अहिलेको सरकारले आगामी निर्वाचन स्वच्छ ,मर्यादित ,निष्पक्ष बनाउने मुख्य उद्देश्य भएकाले यो अहिलेको सरकार हाम्रो नेतृत्व मात्र रहेकोले जनताले धेरै अपेक्षा नगर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा जिल्ला सचिव एकराज बुढाथोकी , जिल्ला सदस्य रमेश केसी, जिल्ला सदस्य अजित चन्द , भावना मल्ल, रामचन्द्र केसी, सल्यान क्षेत्र नं १ का सचिव प्रेम नारायण विक, प्रदेश कार्यसमिति सदस्य आइतु ओली, विद्या हमाल, गोरख केसी, सुशीला सापकोटा, यज्ञ ब चन्द, शिक्षक सङ्घ जिल्ला अध्यक्ष भक्त बहादुर चन्द लगायते मन्तव्य राखेका थिए ।





.jpg)