होमपेज / राजनीति
मंसिर १४ सल्यान
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शक्ति बहादुर बस्नेतले आउदो आवधिक निर्वाचन रुपमा देखिए पनि सारमा जनमत संग्रह जस्तै हुने बताउनु भएको छ । तर उक्त जनमत संग्रह विप्लव नेतृत्वको नेकपाले जस्तो भने नभएको बताउनु भयो ।
मंगलबार सुर्खेतमा आयोजित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो प्रदेश अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै पुर्व वन मन्त्री समेत रहेका बस्नेतले आउदो जनमत संग्रह प्रतिगामी तथा यथास्थितिवादीले जित्ने कि अग्रगमन र परिवर्तनकामी शक्तिले जित्ने भन्ने बीचको निर्वाचन हुने बताउनु भयो । २०६२/२०६३ को जनआन्दोलनमा ससद पुनः स्थापनाको बिषय उठाउने शक्तिले परिवर्तित राजनीतिक व्यवस्थाको नेतृत्व गर्दा देशले गतिलिन नसकेको बताउनु भयो ।
विकशित राजनीतिक व्यवस्था र आर्थिक सामाजिक व्यवस्था बिचको समन्वय नहुदा देशले समृद्धिलाई पकड्न नसकिएको बताउनु भयो ।
१२ बुदे सम्झौताको आधारमा १९ दिने जनआन्दोलन भएको बताउदै उहाले माओवादीले राज्य पुनः संरचना र अन्य पार्टीले ससद पुनः स्थापनाको नारा लिएर सयुक्त आन्दोलन भएको बताउनु भयो ।





.jpg)