होमपेज / राजनीति
इन्द्र बुढाथोकी, मंसिर १२,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगरपालिकाको अध्यक्षमा कृति बहादुर राना सर्वसहमतिबाट निर्वाचित भएका छन् । पार्टीको दोस्रो सम्मेलनले रानाको अध्यक्षमा ६५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा मोमत रोका, विर बहादुर बुढा र कुल बहादुर पुरी, सचिव दुर्गा बहादुर बुढाथोकी, सह सचिव जीवन सिहं ठकुरी र कोषाध्यषमा मञ्जु यरी निर्वाचित भएका छन् ।
यससँगै सल्यानका नौ पालिकाका माओवादीले सर्वसम्वत नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्न गरेको छ । बागचौर नगरपालिकामा मात्र नयाँ नेतृत्व चयन हुन सकि रहेको छैन ।
सम्मेलन समापन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष राज कुमार शर्माले जनवादको उच्चतम विधि प्रयोग गरी नयाँ नेतृत्व गर्नु पर्ने बताए । भेला सम्मेलन नेतृत्व चएनका लागि मात्र भन्दा पनि विचार र बहसको मन्थन गर्ने निकाय भएको बताए । पछिल्लो समय भेला सम्मेलनमा विचार, विधि पद्धतिका विषयमा छलफल बहस हुने भन्दा पनि नेतृत्व हानथापमा केन्द्रित हुन पुगेको बताए ।





.jpg)