होमपेज / राजनीति
सञ्जीव शर्मा मंसिर १२,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रको अध्यक्षमा डिल्लीराज जैसी निर्वाचित भएका छन् । गाउँपालिकाको दोस्रो सम्मेलनबाट उनी सर्वसम्मत अध्यक्षमा चुनिएका हुन ।
सम्मेलनले उपाध्यक्षमा विरवल शर्मा, पूर्ण बहादुर शाही, सचिव यज्ञ बहादुर गिरी, सह सचिव डिल्ली बहादुर राना र कोषाध्यक्षमा धनसरा मल्ल बुढाथोकी निर्वाचित गरेको छ । तीन पछि थप्ने गरी ५५ सदस्यीय गाउँ कमिटि गठन गरिएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।
कुमाख गाउँपालिकाको निर्वाचनसँगै सल्यानका आठ पालिकामा निर्वाचन सम्पन्न भएको छ । बागचौर र बनगाड कुपिण्डे नगरपालिकामा अहिले पनि बन्दसत्र चलि रहेको छ । आज साँझसम्म दुवै पालिकाकाले नयाँ नेतृत्व पाउने माओवादीले जनाएको छ ।





.jpg)