होमपेज / राजनीति
इन्द्र बुढाथोकी मङ्सिर ९,सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जनवादी क्रान्ति पूरा हुन नसक्दा जनताको समस्या समाधान नभएको बताएका छन् । तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक आए भएता पनि जनवादी क्रान्ति सम्पन्न नहुँदा जनताका सम्पूर्ण अधिकारी अझै आइ नसकेको बताए ।
बिहीवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिम्ता गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै नेता शर्माले २०५३ साल देखि नै काङ्ग्रेस र एमालेले सिम्ताका कुनैलाई पनि माओवादीको कुनै कमिटीमा बस्न नदिएको बताए । अहिले यति धेरै संगठित भएको देख्दा खुसी लागेको उनको भनाई छ । यो देशमा परिवर्तनको मुख्यबाहक भनेको माओवादी केन्द्र भएको र काङ्ग्रेसले प्रजातान्त्र भन्ने र एमाले जनताको बहुदलीय जनबाद भन्ने र मन्त्र गर्ने बाहेक अरु योजना कुनै नभएको शर्माको भनाई छ । ।
यस्तै कर्णाली प्रदेश सदस्य तथा सुर्खेत जिल्ला संयोजक कृष्ण जिसिले चिल्ले ४० वर्ष पछि आफ्नो जवानी फेर्छ त्यसरी नै माओवादीले पुन देशमा नेतृत्व गर्ने दावी गरे । अहिले माओवादील्े राजनीतिमा नहारेको तर व्यबहारमा हारेको उनको भनाई छ । अब संघ संगठनलाई तिब्रता दिदै अब पार्टीलाई अव्बल बनाउने तर्फ सबैले ध्यान दिने उनको भनाई छ । अबको राष्ट्रिय सम्मेलनले देशको नेतृत्व र देशलाई कता लैजाने भन्नेमा केन्द्रित हुने बताए । सामाजिक राजनीति अभियान मार्फत सकारात्मक सन्देश दिदै पार्टीलाई सुदृढ गर्नु पार्दै मौलिक विकास गर्नु र अब कार्यायोजन तल देखी नै बनाउनु पर्ने बताए ।
अब माओवादी लाई कस्तो बनाउने भन्ने तल देखी सुझाव बनाउने कुन सम्बन्ध बनाउने र पार्टीको सम्बन्ध बनाउने भन्ने तिर अनुसासित पार्टी बनाउने बताउनु पर्ने जनसेवा तिर लौजाउ अब महिनामा एक दिन सार्बजनिक काम गरौं सार्वजनिक चौतारो तिर काम गरौं अब नेताको मुख ताक्ने भन्दा आफुहरुले श्रम गर्नु पर्ने बताए । काङ्ग्रेसले आफ्नो क्रियाशिल सदस्य लगेकोलाइ पाच वर्ष सम्म जुनसुकै भ्रष्टाचार गुण्डागर्दी गर्दा समेत उसले मौन भएर बस्ने गर्ने उहाले बताउनु भएको छ । सामाजिक काम कहिले नगर्ने उसले नै समाजवाद भन्ने कहिले नछाड्ने बताएका छन । पुरानो पाका कम्युनिस्ट नेताको सुझाव लिएर नेतृत्व निर्माण गर्नु पर्नेमा उनले जोड दिए ।
कर्णाली प्रदेश सदस्य तथा प्रदेश सभा सदस्य ठम्मर बिष्टले बुढो चिल्लले चल्ला लिन नसक्ने भएकालेयुवा चिल्लको आवश्यक पर्ने भए जस्तै अब सम्मेलनबाट नंया नेतृत्व आउनु पर्ने भएको त्यो नयाँ नेतृत्वले सिम्ता उर्जा मय बनाउन र आउदो चुनावमा नेतृत्व दायी भुमिका खेल्नु पर्नेमा जोड दिए ।
सबै टिमले आआफ्नो ठाउमा जिम्मेवारी अनुसार काम गर्नु पर्ने बताएका छन सक्षम सरल जुझारु नेतृत्व सम्मेलनबाट आउनु पर्नेमा जोड दिदै उनले वडा, टोल, गाउँमा सबैले आफ्नो भुमिका खेल्नु पर्ने बर्ता । अहिले सरकारमा आफुहरु भएको काङ्ग्रेस र एमाले कुनै पनि विकास गर्न नसकेको र आफुले प्रदेश सासद भए देखि सिम्तामा धेरै विकासको योजना ल्याएको समेत उनले ठोकुवा वगरे । । एमाले काङ्ग्रेस राजाबादी भएको र आफुहरुले लतारेर सविधान बनाउन लगाएको विष्टको भनाई छ । ।





.jpg)